'एस आइ ग्लोबल(स्टडी इन)ले बुटवलमा बृहत शैक्षिक मेला तथा परामर्श कार्यक्रम गर्दै'

८ महिना अगाडि

बुटवल । एस आइ ग्लोबल/एस आई यु.के(स्टडी इन) ले बुटवलमा बृहत शैक्षिक मेला तथा परामर्श कार्यक्रम गर्ने भएकाे छ ।

विगत दुई दशक देखि नेपाल लगायत विश्वभर शैक्षिक परामर्श क्षेत्रमा अग्रणी भुमिका निर्वाह गर्दै आएको एस आइ ग्लोबल/एस आई यु.के (स्टडी इन) ले यही असार १५ गते बृहत शैक्षिक मेला तथा परामर्श कार्यक्रमको आयोजना गर्ने भएको हाे ।

२०८२ असार १५ तद अनुसार जुन २९ गते आइतबार स्टडी इनकाे बुटवल शाखा कार्यालय मिलनचोकमा  बिहान १० बजे देखि साँझ ५ बजे सम्म हुने कार्यक्रममा विभिन्न देशका विश्वविद्यालयका प्रतिनिधिहरु, अन्तरास्ट्रिय स्तरमा अध्ययन गर्न चाहने विद्यार्थी, अभिभावक र एस आइ ग्लोबल/एस आई यु.के (स्टडी इन)मा कार्यरत उच्च श्रेणीका कर्मचारीहरुको पनि उपस्थिति रहने आयोजकले जनाएकाे छ ।

लामो समय देखि नेपाल लगायत विश्वभरी नै शैक्षिक परामर्शकाे क्षेत्रमा अग्र स्थानमा रहेर काम गरिरहेको एस आइ ग्लोबल/एस आई यु.के(स्टडी इन) ले विभिन्न देशका विश्वविद्यालयका प्रतिनिधिहरुको उपस्तिथिमा शैक्षिक मेला तथा परामर्श कार्यक्रम आयोजना गर्ने भएको हो।

सो अवसरमा उच्च शिक्षा हासिल गर्न इच्छुक बिद्यार्थीका निम्ति अन्तरास्ट्रिय स्तरमा त्यसको विधि र प्रक्रियाको बारेमा जानकारी कलेज तथा विश्वविद्यालय (युनिभर्सिटी)का प्रतिनिधिमार्फत सिधै परामर्श लिन सक्नेछन । मेलामा बुटवल लगायत पाल्पा, स्याङ्जा, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी लगायतका छिमेकी जिल्लाबाट विद्यार्थी तथा अभिभावकले सहभागिता जनाउन सक्ने एस आइ ग्लोबल/एस आई यु.के(स्टडी इन) संस्थाका बुटवल शाखा प्रवन्धक सन्तोष भण्डारीले जानकारी दिनुभयो।

मेलामा विद्यार्थीले अध्ययन गर्न जाने देशका भाषा, कलासंस्कृति , ऐन कानुनकाे बारेमा जानकारी लिन सक्ने स्टडी इनका नेपाल निर्देशक बिनय अधिकारीले जानकारी दिनुभयो ।

साथै कार्यक्रममा क्षेत्रीय निर्देशनालय दिल्ली लगायत अन्य उच्च श्रेणीका कर्मचारीहरुको पनि उपस्थिति रहने कार्यक्रममा उपस्थित हुने विधार्थीहरुलाई परामर्शको साथमा आवश्यक शैक्षिक सामाग्रीहरुको उपलब्ध गराईने पनि अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रम स्टडी इनकाे बुटवल शाखा कार्यालय मिलनचोकमा विहान १० बजेदेखी साँझ ५ बजेसम्म संचालन हुनेछ ।

संगै एस आइ ग्लोबल/एस आई यु.के(स्टडी इन)ले शैक्षिक मेला तथा परामर्श लाइ अभियानकाे रूपमा असार १३ गते  काठमाणडाैं, १४ गते पाेखरा, १५ गते बुटवल र १६ गते चितवनमा समापन गर्ने जनाएकाे छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

विकासप्रेमी खत्रीनै रुपन्देही एकको आशा र भरोसा हुन्ः मतदाता

रुपन्देही–१ मा चुनावी सरगर्मी: दधिराम न्यौपानेको पक्षमा बढ्दो जनलहर

देवदह ई.बो स्कूलमा सदनात्मक दोहोरी प्रतियोगिता सम्पन्न

यूएईमा मारिएका नेपालीको पहिचान खुल्यो, शव नेपाल ल्याउने तयारी

यूएईमा गरिएको इरानी आक्रमणमा परि एक नेपालीसहित तीन जनाको मृत्यु

जेष्ठ नागरिकको उपचार सरल बनाउने बोहराको प्रतिबद्धता, देवदहबाट ६५ जना राप्रपा प्रवेश

देवदहका विद्यालयहरूमा स्काउटको लहर: जनता र देवदह माविमा ८० विद्यार्थी दीक्षित

अब युवाहरुलाई स्वदेशमै रोजगारीको ग्यारेन्टि गर्नुपर्छः उम्मेद्वार खत्री