'देवदह माध्यमिक विद्यालयको ४१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न'

१ वर्ष अगाडि

देवदह ।  देवदह माध्यमिक विद्यालयले सोमबार एक विशेष समारोहका बीच आफ्नो ४१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा मनाएको छ । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरज खरेलको अध्यक्षता र देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलको प्रमुख आतिथ्यतामा विद्यालय प्रांगणमा भएको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख ध्रुव प्रसाद खरेलले शिक्षाको गुणस्तर वृद्धिका लागि शिक्षक, अभिभावक, र राज्यका निकायहरू सबैले समान रूपमा जिम्मेवारी रहेको बताउनुभयो । नगर प्रमुख खरेलले देशका सबैभन्दा योग्य शिक्षकले अध्यापन गराउने सामुदायिक विद्यालयहरू नमूना विद्यालय बन्नुपर्नेमा जोड दिनुभएको थियो । त्यसका लागि सबै पक्ष अझ बढी उत्तरदायी बन्नुपर्ने बताउनुभएको थियो । उहाले देवदह नगरपालिकाले शिक्षाको गुणस्तर सुधारका लागि शिक्षक दरबन्दी मिलान र नगर शिक्षकको व्यवस्था गरेको जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले सामुदायिक विद्यालयको शिक्षामा शिक्षकहरूको योगदानको चर्चा गर्दै शिक्षण पेशालाई निष्ठापूर्वक निर्वाह गर्ने शिक्षकहरूबाट सबैले सिक्नुपर्ने बताउनुभयो ।

सोही अवसरमा देवदह नगरपालिका वडा नं ७ का वडाध्यक्ष कृष्ण प्रसाद अधिकारी, वडा नं ९ का वडाध्यक्ष मोहन जिसी, लिलाधर पाण्डे लगायतले आ-आफ्नो भनाई राख्नु भएको थियो । विद्यालयका प्रधानाध्यापक हरि पाण्डेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संस्थापक प्रधानाध्यापक, उत्कृष्ट शिक्षक-कर्मचारी, र उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो।

कार्यक्रम सहायक प्रधानाध्यापक मेघराज घिमिरेको स्वागत मन्तव्य, र शिक्षकहरू इन्दिरा अर्याल तथा रिता पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत