बुटवल । रुपन्देहीमा कठ्याङ्ग्रिदो चिसोले एक जनाको मृत्यु भएको छ ।
जाडोले कठाँग्रिएर रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न ८ दीपनगरमा एक जना युवकको मृत्यु भएको हाे । मृत्यु हुनेमा तिलोत्तमा ८ दीपनगर स्थाई बसोबास गर्दै आएका बर्ष २८ का विष्णु खराल रहेका छन ।
खराललाई आज बिहान स्थानीय गाउँलेहरुले घर बाहिर लडिरहेको अवस्थामा देखेपछि तुरुन्त खबर गरि कृमशन अस्पताल पुर्याए पनि उनको राति नै मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
मृतक खरालको शव पोष्टमार्टमका लागी लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएकाे छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0