'अबको तीन दिनसम्म केही नदी र खोलामा बाढी आउने; सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाकाे आग्रह'

२ वर्ष अगाडि

काठमाण्डौ । अबको तीन दिनसम्म देशका मुख्य नदी र खोलामा बाढीको जोखिम भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार कोशी, नारायणी, कर्णाली र यसका प्रमुख सहायक नदीका साथै बागमती, महाकली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीमा बाढीको जोखिम छ ।

आज इलाम, झापा, मोरङ, लमजुङ, कास्की, पाल्पा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम र आसपासका जिल्ला भई बहने धेरै नदीमा बहाव बढ्ने तथा केही स-साना नदीमा आकश्मिक बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, सिन्धुपाल्चोक, रामेछाप, अछाम, डोटी, कैलाली र आसपासका जिल्ला भई बहने स-साना नदीमा बहाव बढ्ने तथा केही स–साना नदीमा आकश्मिक बाढीको जोखिम रहेको छ ।

भोलिदेखि देशभरका धेरै नदीमा बहाव बढ्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

क्लिनिकको चरम लापरवाहीले गर्ववती महिलाको मृत्यु, तिनदिन देखि शव अस्पतालमै

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय