'आजदेखि पाँच दिनसम्म देशका धेरै ठाउँमा मौसम बदली हुने, हल्का वर्षाको सम्भावना'

२ वर्ष अगाडि

काठमाण्डाै । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज सोमवारदेखि आउँदो शुक्रवारसम्म देशका धेरै ठाउँमा आंशिकदेखि साधारणतया बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुुसार  मौसमी प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने क्रममा रहेकाले आजदेखि बुधवारसम्म सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा तथा बाग्मती र कोशी प्रदेशका उच्च पहाडी र हिमाली भेगका एक-दुई ठाउँमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

महाशाखाका अनुसार बिहीवारदेखि शुक्रवारसम्म बाग्मती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँहरुमा तथा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

यसैगरी, आज सोमवार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँहरूका साथै लुम्बिनी र गण्डकी प्रदेशका थोरै ठाउँहरुमा तथा बाँकी पहाडी भेगका एक–दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मंगलवारदेखि बुधवारसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै ठाउँहरुमा तथा बाग्मती र कोशी प्रदेशका एक-दुई ठाउँमा हल्का पानी पर्ने महाशाखाले जनाएको छ ।

यस्तै, बिहीवार बाग्मती, मधेस र कोशी प्रदेशका केही ठाउँहरुमा तथा बाँकी प्रदेशका थोरै ठाउँहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रवार गण्डकी, बाग्मती र कोशी प्रदेशका थोरै ठाउँहरुमा तथा बाँकी पहाडी भेगका एक-दुई ठाउँमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।

शनिवारदेखि क्रमशः मौसममा सुधार हुँदै जाने महाशाखाले जनाएको छ । मौसम बदलीका कारण चिसो बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

क्लिनिकको चरम लापरवाहीले गर्ववती महिलाको मृत्यु, तिनदिन देखि शव अस्पतालमै

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय