'मनसुन बाहिरिएसँगै नेपालमा पश्चिमी वायुको प्रभाव, आज, भोलि र पर्सि वर्षाको सम्भावना'

३ वर्ष अगाडि

फाइल फाेटाे

काठमाण्डाै । मनसुन बाहिरिएसँगै नेपालमा पश्चिमी वायुको प्रभाव परेको छ ।

हिजो बेलुका पश्चिमी क्षेत्र हुँदै पश्चिमी वायु प्रवेश गरेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार यो वायुको प्रभावका कारण गएराति पश्चिमी क्षेत्रका केही ठाउँमा पानी परेको थियो । अहिले पानी पर्न रोकिए पनि दिउँसोदेखि फेरि पर्ने मौसमविद् नगरकोटीले जानकारी दिनुभयो ।

विशेषगरी आज र भोलि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै ठाउँमा वर्षाको सम्भावना छ । बाग्मती, कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा पनि पानी पर्ने अनुमान छ । आज काठमाण्डौमा पनि हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् ।

कोशी प्रदेशका तराई क्षेत्र र मधेस प्रदेशमा भने आज पानी पर्ने सम्भावना कम छ । यी क्षेत्रमा भोलि भने फाट्टफुट्ट वर्षा हुने अनुमान छ । पर्सि बुधवारदेखि भने मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् ।

यसपालि १३ दिन ढिलो गरी नेपालबाट मनसुन बाहिरिएको थियो । मनसुन बाहिरिए लगत्तै पश्चिमी वायु भित्रिएकाले पानी पर्न थालेको मौसमविद्को भनाइ छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

क्लिनिकको चरम लापरवाहीले गर्ववती महिलाको मृत्यु, तिनदिन देखि शव अस्पतालमै

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय