'भीषण सुख्खा पहिरोकाे कारण नारायणगढ-मुग्लिन सडक खण्ड अवरूद्ध'

३ वर्ष अगाडि

नारायणगढ- मुग्लिन सडक खण्डमा अहिले सम्मकै भीषण सुख्खा पहिरोका कारण सडक खण्ड अवरुद्ध भएको छ ।

सोमबार राति ८ बजेर ५ मिनेट जाँदा सुख्खा पहिरो खसेर बाटो बन्द भएको चितवन प्रहरीले जानकारी दिएको छ ।

ईच्छाकामना गा.पा. ६ नारायणगढ मुग्लिङ सडक खण्डको टोपेखोलास्थित माथिबाट सुख्खा पहिरो खसरे दुवैतर्फी बाटो अवरोध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।

उनले सडक विभागसँग समन्वय गरी पहिरो हटाउने पहल भइरहेको पनि जानकारी दिए । ठूलो पहिरो खसेकोले तत्काल खुलाउने सम्भावना नभएको र कम्तीमा दुई दिन लाग्न सक्ने पण्डितले बताए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

क्लिनिकको चरम लापरवाहीले गर्ववती महिलाको मृत्यु, तिनदिन देखि शव अस्पतालमै

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय