'दिउँसो र राति देशका केही स्थानमा मौसम बदली भई वर्षा हुने'

३ वर्ष अगाडि

काठमाडौं  । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले मौसममा बदली भईरहेको छ। शनिबार बिहान लुम्बिनी प्रदेश लगायत देशका अन्य पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली देखिएको छ । शनिबार दिउँसो भने कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने मौसमविदले जनाएका छन । त्यस्तै, देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।

त्यस्तै, देशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । शनिबार राति भने देशका पहाडी भू-भागमा भने आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, देशका बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । त्यस्तै, कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना भएको महाशाखाले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

क्लिनिकको चरम लापरवाहीले गर्ववती महिलाको मृत्यु, तिनदिन देखि शव अस्पतालमै

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय