'ढुंगागाडेको हिलो सडकमा जनप्रतिनिधिले गरे कोदो रोपेर विरोध'

५ महिना अगाडि

गोरखा नगरपालिका १ का वडाध्यक्ष हिक्मत कुवर, २ का वडाध्यक्ष रहम तुल्ला मियाँ, ४ का वडाध्यक्ष रामशरण अधिकारी र ८ का वडाध्यक्ष कृष्ण खत्रीलगायत स्थानिय प्रतिनिधी तथा यातायात व्यवसायीहरूले सामुहिक रुपमा सडकमा कोदो रोपेर बिरोध गरेका हुन् ।

सदरमुकामबाट आरूघाट जाने मुख्य सडकको ढुंगागाडे खण्ड हिलो हुँदा साना तथा ठुला यात्रुबहाक सवारी साधनहरु घण्टैसम्म फस्ने गरेको छ। यति मात्र नभएर दुई पाङग्रे मोटरसाइकलसमेत सडकखण्डमा फस्ने गर्छ।

सडक निर्माणको जिम्मा पाएको निर्माण व्यवसायीले लापरवाही गरेको र समयमै काम नगर्दा सडक अलपत्र छ। सडक कालोपत्रे गर्न माग गर्दै स्थानीयले बिहीबार बिहान गोरखा— आरूघाट सडक अवरूद्ध गरेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
100%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो