'सगरमाथा आवासीय माध्यमिक विद्यालयका नव आगन्तुक विद्यार्थीलाई स्वागत'

३ वर्ष अगाडि

देवदह // रुपन्देहीको देवदह ७ मा रहेको सगरमाथा आवासीय माध्यमिक विद्यालयमा नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत गरीएको छ। कक्षा १२ का विद्यार्थीले बुधबार एक कार्यक्रमको आयोजना गरी खैरेनी स्थित पाठक फुड ल्याण्डमा शैक्षिक शत्र २०७९ मा कक्षा ११ मा भर्ना भएका विभिन्न संकायका नव आगन्तुक करिब २०० विद्यार्थीलाई स्वागत गरेका हुन्।

कक्षा १२ कि छात्रा भावना क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा सगरमाथा क्याम्पस संचालक समितिका अध्यक्ष ऋषिराम सापकोटाको प्रमुख अतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

त्यस्तै कार्यक्रममा नव आगन्तुक विद्यार्थीलाई देशकै सक्षम नागरिक बन्ने लक्ष्यका साथ अघि बढ्न कार्यक्रममा बोल्ने वक्ताहरूले सुझाव दिएका थिए। उनीहरुले शिक्षाले मात्र देशको विकास हुने हुदा राज्यले शिक्षामा बढि लगानी गर्न आवश्यक रहेको बताएका थिए। कार्यक्रममा सगरमाथा क्याम्पस संचालक समितिका अध्यक्ष ऋषिराम सापकोटा, सगरमाथा आवासीय माध्यमिक विद्यालय संचालक समितिका अध्यक्ष डिल्लीराज मरासिनी, विद्यालयका प्रार्चाय कृष्णप्रसाद पौडेल, सहप्रार्चाय प्रदीप अधिकारी लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।

स्वागत कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिका साथ नयाँ विद्यार्थीको स्वागत गरिएको थियो। विद्यार्थीहरूले वाद्यवादन बजाउनेदेखि गायन, नृत्य, कविता तथा मुक्तक प्रस्तुत गरेका थिए। सोही कार्यक्रममा विद्यालयको विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो। त्यसैगरी उत्कृष्ट नतिजा दिन सफल प्राध्यापक दिपेश विक्रम मल्ल र कृष्ण आचार्य सहित विविएस कोडिनेटर बिमल तिवारी, परीक्षा कोडिनेटर दामोदर सापकोटा, ईसिए कोडिनेटर भिम कुमारी गुरुङलाई सम्मान प्रत्रद्वारा सम्मानित गरिएको थियो।

स्वागत कार्यक्रम कक्षा १२ को छात्रा सन्तोषी सापकोटाको स्वागत, शिक्षिका भिमा गुरुङ्ग, सृष्टि विश्वकर्मा र तुलबहादुर श्रीषको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो