'ग्राफिक डिजाईनिङ तथा ए सि , फ्रीज बनाउने तालिम सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न'

३ वर्ष अगाडि

देवदह // रुपन्देहीको देवदह नगरपालिका वडा नं ५ मा ग्राफिक डिजाईनिङ, डिजिटल मार्केटिङ, ए सि , फ्रीज, मोटर बनाउने तालिम सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। देवदह नगरपालिका वडा नं ५ को वार्षिक कार्यक्रम तथा वडा स्तरिय कार्यक्रम अन्तर्गत सो तालिम संचालन हुन गईरहेको हो।

अभिमुखिकरण कार्यक्रममा बोल्दै देवदह नगरपालिका नगर प्रवक्ता तथा देवदह नगरपालिका वडा नं ५ का वडा अध्यक्ष गणेश डुम्रेले तालिम लिगिसकेपछि रोजगारी खोज्ने भन्दापनि रोजगारदाताले आफुलाई रोज्ने बन्नु पर्ने बताउनुभयाे। उहाले तालिम लिगिसके पछि प्रमाणपत्रमा मात्र सिमित नभई सिकेको सिपलाई सहि ठाउँमा सदुपयाेग गर्नुपर्नेमा जाेड दिनुभयाे।

सो कार्यक्रममा बाेल्दै प्रशिक्षक दिपेश मल्लले अहिलेको प्रविधियुक्त समाजमा सूचनाकाे प्रमुख स्रोत भनेकै डिजिटल सामाग्रीहरू भएकाे र आज देशमा त्यस्ताे जनशक्तिकाे अभाव रहेकाे बताउदै तालिममा ध्यानपुर्वक सिक्नका लागि प्रेरित गर्नुभएकाे थियाे ।

देवदह नगरपालिका वडा न ५ मा संचालन हुन गईरहेकाे उक्त तालिममा तालिमपछिको सम्भावना, अवसर चुनौती लगायतको विषयमा प्रकाश पारीएकाे थियाे। कार्यक्रममा देवदह ग्राफिटेकका संञ्चालक राम बहादुर गुरुङ, क्याथ्वर्डका संचालक गणेश क्षेत्री, प्रशिक्षक दिपेश मल्ल, अरुण ज्ञवाली लगायतको उपस्थिति रहेकाे थियाे। तालिम मंसिर ११ गते देखि सञ्चालन हुने वडा कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

विकासप्रेमी खत्रीनै रुपन्देही एकको आशा र भरोसा हुन्ः मतदाता

रुपन्देही–१ मा चुनावी सरगर्मी: दधिराम न्यौपानेको पक्षमा बढ्दो जनलहर

देवदह ई.बो स्कूलमा सदनात्मक दोहोरी प्रतियोगिता सम्पन्न

यूएईमा मारिएका नेपालीको पहिचान खुल्यो, शव नेपाल ल्याउने तयारी

यूएईमा गरिएको इरानी आक्रमणमा परि एक नेपालीसहित तीन जनाको मृत्यु

जेष्ठ नागरिकको उपचार सरल बनाउने बोहराको प्रतिबद्धता, देवदहबाट ६५ जना राप्रपा प्रवेश

देवदहका विद्यालयहरूमा स्काउटको लहर: जनता र देवदह माविमा ८० विद्यार्थी दीक्षित

अब युवाहरुलाई स्वदेशमै रोजगारीको ग्यारेन्टि गर्नुपर्छः उम्मेद्वार खत्री