'बुटवल ज्योति नगर पहिरोको सहि व्यवस्थापन गर्छौं -पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठ'

३ वर्ष अगाडि

बुटवल, १६ कार्तिक । गतवर्षको वर्षातमा पहिरोका कारण राष्ट्रिय रुपमा चर्चित बुटवल ३ को ज्योति नगरबासीहरु संग लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा रूपन्देही २९२० का प्रदेश सभा उम्मेदवार भोजप्रसाद श्रेष्ठले पहिरो व्यवस्थापनबारे नेकपा एमालेले हिजो गरेका र अबका योजनाबारे अन्तरक्रिया गरेका छन् । २०५५ सालमा बुटवल नगरपालिकाको नगरप्रमुख हुँदा आफुले तत्कालीन ज्योतिनगरको पहिरोलाई गहिरोसँग बुझेको र पहिरोपीडित ५६ घरपरिवारलाई तामनगरमा जग्गा उपलब्ध गराएको स्मरण गर्दै यसपटकको पहिरो २०७२ सालको भूकम्प पश्चात् ज्योतिनगर चुरे क्षेत्रमा फेरि हलचल आएपछि आएको बताए । बुधबार सो अन्तरक्रियामा बोल्दै श्रेष्ठले भूगर्भविद् तथा विषय विशेषज्ञको अनुसन्धान तथा परिक्षणबाट यस क्षेत्रको बसोवास स्थायित्व गर्न सकिने या नसकिने बुझेर सहि व्यवस्थापन गर्नमा एमालेले नेतृत्व गर्ने बताए ।

ज्योतिनगर क्षेत्र लगायत अधिकांश बुटवल क्षेत्रमा झुम्सा खोलाबाट स्वच्छ खानेपानी ल्याउने प्रक्रिया अगाडि बढेको बताउँदै खानेपानीको बजेट अभाव नहुने श्रेष्ठले बताए । जनताको पक्षमा वकालत गर्न, सुकुम्बासी समस्या समाधान गर्न, निस्शुल्क गुणस्तरीय शिक्षा, गुणस्तरीय स्वास्थ्य सेवा, रोजगारी बृद्धि, सर्वपक्षीय समन्वय गरेर समाजमा रहेका हरेक समस्याको समाधान गर्न आफू सधैं तयार रहेको बताए।

कार्यक्रमा बोल्दै नेकपा एमाले केन्द्रीय सदस्य कमल गौतम, विष्णु के सी, सहदेव श्रेष्ठ, दुर्गा पराजुली लगायतले एमालेलाई जिताउने गरि जुट्न आह्वान गरेका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो