'माओवादीका केन्द्रीय सल्लाहकार श्रेष्ठ र गैरे एमालेमा प्रवेश'

३ वर्ष अगाडि

बुटवल। नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार भानुप्रकाश श्रेष्ठ र प्रदेश कमिटी सल्लाहकार शिवप्रसाद गैरे एमाले प्रवेश गरेका छन् । बुटवलमा शनिबार आयोजित कार्यक्रममा सल्लाहकारद्वयलाई एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले शनिबार पार्टीमा स्वागत गरे । उनीहरू २०५७ मा द्वन्द्वकालमा एमाले छाडेर माओवादी प्रवेश गरेका थिए।

पुरानै घरमा फर्किन पाउँदा खुसी भएको श्रेष्ठले बताए। उनीहरू पार्टीमा स्वागत गर्दै पौडेलले पुराना नेताहरु एमालेमा प्रवेश गरेकामा खुसी व्यक्त गर्दै उचित स्थान दिने बताए। नेताहरुलाई एमाले प्रवेश गराउँदै एमाले उपाध्यक्ष पौडेलले देशको समृद्धि र विकासका लागि एमालेलाई बलियो बनाउनुको विकल्प नभएको बताएका छन्।

उनले केही स्वार्थी समूहहरुले एमालेविरोधी अभियान चलाएपनि नागरिकले देशको पक्षमा, समृद्धिको पक्षम कसले काम गरेको छ भन्ने विषय बुझिसकेको बताए । विभिन्न कारणले एमालेको नेतृत्व बाहिर रहेकाहरुलाई सबै मिलेर गोलबन्ध गराउने विषयमा सबै जुट्नुपर्ने समय आएको नेता पौडेलको भनाइ थियो। कार्यक्रममा एमाले केन्द्रीय अनुशासन आयोगका उपाध्यक्ष नेत्र पन्थीले ठूलो संघर्ष गरेका नेताहरुले एमाले रोजेका कारण सबैलाई उत्साह थपिएको बताए।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

क्लिनिकको चरम लापरवाहीले गर्ववती महिलाको मृत्यु, तिनदिन देखि शव अस्पतालमै

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय