'प्युठानमा पहिरोले घर पुर्दा ६ जना बेपत्ता'

४ वर्ष अगाडि

प्युठान– प्युठानमा पहिरोले घर पुर्दा ६ जना बेपत्ता भएका छन। माण्डवी गाउँपालिका–४, फरुन्डेमा बोम बहादुर राहुँको घर पहिरोले पुर्दा बेपत्ता हुनेहरुमा घर भित्र रहेका ६० वर्षीय राहुँ र उनकी ५५ वर्षिया श्रीमती सहित २१ वर्षीया टेकी राहुँ, ४ वर्षीय सुशान राहुँ, ६० वर्षीय हीराबहादुर थापा र १८ वर्षीया मौसमी थापामगर रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रबक्ता प्रहरी निरिक्षक सुशील थापाले जानकारी दिए।

पहिरोले घर पुरिएको खबर पाउना साथ जिल्लाबाट प्रहरीको टोलि घटनास्थल तर्फ गएको छ । उक्त स्थानमा जाने बाटो अवरुद्ध भएकाले उद्धारमा कठिनाइ भईरहेको प्रहरी निरिक्षक थापाले बताए।
प्रहरीका अनुसार माण्डवी–१ स्थित अरङ खोलाले बगाउँदा ३५ वर्षीय धनबहादुर सुनार बेपत्ता भएका छन्। यसअघि दशैंको दिन ऐरावती–५ जाडीखोलाले बगाएका ५ वर्षीय सुसन सुनार अझै फेला परेका छैनन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी