'प्याब्सन देवदहद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न'

४ वर्ष अगाडि

देवदह // निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याब्सन)देवदहले विजयादशमी, शुभ दीपावली , छठ पर्व तथा नेपाल सम्बतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा प्याब्सन रुपन्देहीका बरिष्ठ उपाध्यक्ष तथा प्रमुख अतिथि एक नारायण काफ्लेले नेपालीहरुको महान चाडहरु मनाउँदा सभ्य र संस्कृति संरक्षणको लागि मनाउनु पर्नेमा जोड दिनुभयो । वहाँले चाडपर्वले हामी नेपालीहरुको बिचमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र एकताको सन्देश दिने भन्दै चाडपर्वले हुनेखाने र हुँदा खाने सबैलाई खुशी पार्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।

प्याब्सन रुपन्देहीका सह सचिव तथा नगर प्याब्सन देवदहका प्रमुख सल्लाहकार बोधराज गौडेलले चाडपर्वलाई मर्यादित बनाउनको लागि नेपालीहरुले तडकभडकलाई त्याग्नु पर्ने बताउनुभयो । वहाँले नेपाली पर्वहरु धार्मिक, वैज्ञानिक, सामाजिक र ऐतिहासिक महत्वसँग जोडिएकाले पछिल्लो पुस्ताले यसको महत्वलाई बुझेर पर्व मनाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्याब्सन रुपन्देहीका जिल्ला सदस्य तथा नगर सल्लाहकार महेश पराजुली, सदस्यहरु गुरुप्रसाद पौडेल, विष्णुप्रसाद अर्याल र नारायणी पब्लिकका प्रिन्सिपल तथा पूर्व कार्यसमिति सदस्य प्रेम नारायण केवट लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो।

कार्यक्रम अध्यक्ष राम बहादुर गुरुङको अध्यक्षता, सचिव कृष्ण प्रसाद गैरेको सञ्चालन र कोषाध्यक्ष टिकाराम चापागाईको धन्यवाद ज्ञापनमा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

क्लिनिकको चरम लापरवाहीले गर्ववती महिलाको मृत्यु, तिनदिन देखि शव अस्पतालमै

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय