'बाल संगठन रुपन्देहीद्धारा विभिन्न प्रतियोगिता सम्पन्न'

४ वर्ष अगाडि

बुटवल । राष्ट्रिय बाल दिवस–२०७९ को अवसरमा नेपाल बाल संगठन रुपन्देहीले बालबालिकाहरुलाई लक्षित गरेर कक्षा ५ देखि ८ सम्मका विद्यार्थीहरूको बिचमा वक्तृत्वकला प्रतियोगिता, कक्षा ८-१० सम्मका विद्यार्थीहरूको बिचमा वादविवाद प्रतियोगिता र विद्यालय स्तरीय एकल लोक नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।

बुटवलको अम्रपाली होटल एण्ड रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको उक्त प्रतियोगितामा रुपन्देहीका ५० बढि बिद्यालय सहभागी भएका थिए। एकल नृत्य प्रतियोगितामा क्यानन उच्छ मा.वि का कक्षा ८ मा अध्यनरत नेश्मा गुरुङ प्रथम भएकी थिइन् भने एभरेष्ट मा.वि को कक्षा ८ मा पढ्ने युवा थापा मगर द्धितिय, न्यु ईन्भारोमेन्ट ई.से. स्कुल कक्षा १० मा पढ्ने अञ्जना गुरुङ तृतिय र ज्ञानपुञ्ज बोर्डिङ स्कुलको कक्षा १० मा पढ्ने नेनिश पुन र जनज्योति मा.वि को कक्षा ५ मा पढ्ने समीक्षा सेन्चुरी सान्त्वना स्थान हासिल गर्न सफल भएकी थिइन ।

त्यस्तै वादविवाद प्रतियोगितामा सैनामैना मा.वि को अस्मिता पोखरेल प्रथम, ग्रीनप्लान्ट आवाशिय मा.वि कक्षा ८ मा अध्ययनरत आर्यन धमला द्धितिय, न्यु होराईजन मा.वि को कक्षा १० मा अध्ययनरत कविता अर्याल तृतिय र कालिका मानवज्ञान मा.वि को कक्षा १० मा अध्यनरत मनिषा पराजुली सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् ।

त्यसैगरी वक्तृत्वकला प्रतियोगितामा ग्रीनप्लान्ट आवाशिय मा.वि कक्षा ७ मा अध्ययनरत स्वीकृति न्यौपाने प्रथम, ड्रीम भिजन स्कुल कक्षा ८ कि कृपा उपाध्याय द्धितिय, होराईजन मा.वि को कक्षा ८ मा अध्ययनरत अन्शु चापागाईं तृतिय भएकी छन भने उक्त प्रतियोगितामा कालिका मानवज्ञान मा.वि को कक्षा ८ मा अध्ययनरत दिपेश भट्टराई सान्त्वना भएका छन् । प्रतियोगितामा प्रथम, द्रीतिय, तृतीय र सान्त्वना हुनेलाई क्रमस १० हजार,५ हजार,३ हजार र पन्ध्र सय सहित ट्रफी र प्रमाणपत्र वितरण गरिएको नेपाल बाल संगठनका कार्यसमिति सदस्य सुरज भट्टराईले जानकारी दिनुभयो।

साथै नेपाल बाल संगठन रुपन्देहीका गतिविधिलाई सञ्चारको क्षेत्रबाट आम जनमानसमा पुर्याउनु निर्वाह गर्नुभएको भन्दै पत्रकार रविन्द्र गुप्ता र बाल उद्दार तथा प्रतिभाको प्रस्फुटनमा उल्लेखनीय योगदान गर्नुभएकोमा पत्रकार ईन्द्र बहादुर खत्रीलाई कदर पत्र द्वारा सम्मानित गरिएको थियो । नेपाल बाल संगठन रुपन्देहीका सभापति साजन भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संगठनका केन्द्रिय अध्यक्ष बिधा न्यौपानेको प्रमुख आतिथ्यतामा र संगठनको सचिब कल्पना पाडे मगरको सञ्चालनमा भएको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत