'कोलिय देवदह सहकारीको देउराली सेवा केन्द्रको साधारणसभा सम्पन्न'

४ वर्ष अगाडि

रुपन्देही // कोलिय देवदह सहकारीको देउराली सेवा केन्द्रको साधारणसभा सम्पन्न भएको छ। पाउरोटी खानका लागि शुरुवात भएको सहकारी अहिले सवैको लागि एक एकको लागि सवै सावित भएको शनिवार एक कार्यक्रम विच लुम्बिनी प्रदेश बचत संघका महासचिव ऋषिराम सापकोटाले बताउनु भएकोे छ।

देवदह कोलिय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं साधारण सभाको अन्तर्गत सेवा केन्द्र स्तरिय कार्यक्रममा वहाँले उक्त कुरा बताउनु भएको हो । रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित संस्थाको देउराली सेवा केन्द्र प्रदिपनगरमा आयोजित कार्यक्रममा संस्थाका प्रमुख सल्लाहाकार समेत रहेका सापकोटाले सहकारीको माध्यामबाट प्रशिक्षित गरेर ब्यावसायमा लगाउने काम भएकोमा धन्यवाद ब्याक्त गर्नु भएको थियो।

कार्यक्रमका प्रमुख अतिथी सापकोटाले बहुउद्धेशिय सहकारीमा रहेको विकृति विसंगतिका रुपमा रहेको रकम संकलन गरी पलायत हुने प्रवृति रोकिनु पर्नेमा जोड दिनु भयो । देउराली सेवा केन्द्रका संयोजक तथा संस्थाका सदस्य पिताम्बर खरेलको अध्यक्षतामा भएको साधारण सभामा अध्यक्ष, महासचिव, कोषाध्यक्षको प्रतिवेदन पारित गरिएको थियो । उक्त साधारण सभाले ३० जना साधारण सभा प्रतिनिधी एवम निर्वाचन निर्देशिका पारित गरेको छ । देउराली सेवा केन्द्र व्यवस्थापन उपसमिति सदस्य राजुमान गुरुङको स्वागत तथा ब्यवस्थापक बुद्धिसागर अर्यालको संचालनमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष विष्णु प्रसाद पौडेल, कोषाध्यक्ष प्रजापति सापकोटा, जयकिसन अधिकारी,डिल्लीराज भण्डारी लगायतले मन्तब्य राख्नु भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो