'सन्दीप लामिछानेबारे निर्णय लिन क्यानको बैठक बस्दै, कप्तानतबाट ‘निलम्बन’ हुन सक्ने'

४ वर्ष अगाडि

काठमाडौं । प्रहरीमा जबरजस्ति करणीको जाहेरी परेसँगै नेपाली क्रिकेट कप्तान सन्दिप लामिछानेको जम्जमाउँदो करिअरमा कालो बादल छाएको छ । गम्भीर आरोपमा मुछिएको हुँदा मुद्दा किनारा नलागेसम्म उनले नेपाली क्रिकेट टिमको कप्तानी तथा अन्तर्राष्ट्रिय लिगहरु गुमाउनुपर्ने हुन सक्छ ।

आरोप प्रमाणित नभएसम्म उनलाई दोषी ठहर गर्न नमिल्ने भए पनि नेपाल क्रिकेट संघ (क्यान) ले उनको कप्तानी तत्काललाई ‘निलम्बन’ मा राख्न सक्छ । क्यानका अध्यक्ष चतुरबहादुर संघले बसेर यस विषयमा निर्णय लिने बताए ।

क्यानले गत वर्षको मंसिरमा सन्दीपलाई राष्ट्रिय टिमको कप्तान नियुक्त गरेको थियो । ज्ञानेन्द्र मल्लसहितका चार खेलाडीहरु अनुशासन उल्लंघनको आरोपमा कारवाहीमा परेपछि सन्दीपले कम उमेरमा राष्ट्रिय टिमको बागडोर पाएका हुन् । कप्तानका रुपमा उनको नतिजा मिश्रित छ भने खेलाडीका रुपमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् । सन् २०२२ मा टि–२० मा सर्वाधिक विकेट लिने विश्वकै बलरहरुको सूचीमा उनी एक नम्बरमा छन् ।

केन्यामा जारी क्रिकेट सिरिज छोडेर सन्दीप क्यारेवियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज पुगेका थिए । सीपीएलमा उनी जमैका तल्लाजवजमा आवद्ध छन् । सन्दीपले यसअघि सीपीएलका तीन संस्करण खेलिसकेका छन् ।

नेपालमा उनीविरुद्ध मुद्दा दायर भएको खबर सार्वजनिकसँगै उनका विदेशी लिगहरुमा पनि उनको स्थान गुम्न सक्ने खतरा छ । सन्दीप आगामी जनवरीमा यूएइमा आयोजना हुने टि–२० लिगमा पनि आवद्ध भइसकेका छन् । सो लिगमा डिजर्ट भाइपर्सले उनलाई खरिद गरेको हो ।

सन्दीपको मुद्दाले समग्र नेपाली क्रिकेट नै प्रभावित हुने देखिन्छ । उनी नेपालका कप्तान मात्र नभएर अन्तर्राष्ट्रिय ख्यातिप्राप्त एकमात्र क्रिकेटर हुन् । उनले विश्वका सबैजसो टि–२० लिगहरु खेलिसकेका छन् र खेलिरहेका छन् ।

आरोप प्रमाणित भएको खण्डमा १२ वर्षसम्म जेल सजाय काट्नुपर्ने हुन सक्छ । त्यो भनेको उनको करिअरकै समाप्ती हुनेछ । यदि निर्दोष ठहरिएको खण्डमा पनि मुद्दाको फैसला नहुञ्जेलसम्म उनले अन्तर्राष्ट्रिय लिगहरुबाट वञ्चित हुनपर्ने तथा राष्ट्रिय टिमबाट पनि स्थान गुमाउनुपर्ने हुन सक्छ । सन्दिपको अनुपस्थिति भनेको नेपालको राष्ट्रिय टिमका निम्ति अपूरणीय क्षति हो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १८ जना पक्राउ

केरवानी खानेपानीको अध्यक्षमा दिपक पौडेल निर्वाचित

नक्कली जग्गाधनी खडा गरी नामसारी: ७ जनाविरुद्ध अख्तियारको मुद्दा

ई–बिडिङ ह्याक प्रकरणमा थप एक पक्राउ, पक्राउ संख्या १३ पुग्यो

ओमानसँग नेपाल १०२ रनले पराजित, डीएलएस मेथडले खेल टुंगियो

सुधन गुरुङमाथि चाँडै छानबिन सुरु हुने: रवि लामिछाने

नेप्सेमा दोहोरो गिरावट: २५.८१ अंकले घटेर २७४४ मा सीमित