'चितवन गोल्डकप सञ्चालन हुने'

४ वर्ष अगाडि

चितवन । भरतपुर फुटबल क्लबले यही भदौ २५ गतेदेखि चितवन गोल्डकप आयोजना गर्ने भएको छ । चितवनमा नै सर्वाधिक धनराशिको यो प्रतियोगिता आगामी असोज ३ गतेसम्म सञ्चालन हुने भएको हो ।

प्रतियोगितामा स्वदेशी र विदेशी गरी १० टिम सहभागी हुने आयोजकले जनाएको छ । त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल (एपिएफ), मनाङ एफसी, भरतपुर फुटबल क्लब, जेजेवाइसी सिमरा, मकवानपुर, बागमती र फर्साटिकर एफसी प्रतियोगितामा सहभागी हुने प्रतियोगिताका संयोजक ध्रुव भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार अफ्रिकन युनाइटेड क्यामरुन र भारतको मोतिहारीसमेत प्रतियोगितामा सहभागी हुनेछन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतियोगितामा विजेताले गोल्डकप उपाधिसहित रु सात लाख र उपविजेताले रु तीन लाख ५० हजार प्राप्त गर्ने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । नारायणगढको क्याम्पा चौरमा हुने प्रतियोगिताका लागि अहिले मैदान व्यवस्थापनको काम भइरहेको छ । चार हजार दर्शक क्षमताको अस्थायी प्यारापिट निर्माणको काम भइरहेको छ । प्रतियोगिता सम्पन्न गर्न रु ७० लाख खर्च हुने अनुमान आयोजकको छ । प्रतियोगिताको प्रवर्धकका रूपमा चितवन जिल्ला फुटबल सङ्घ रहेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

विकासप्रेमी खत्रीनै रुपन्देही एकको आशा र भरोसा हुन्ः मतदाता

रुपन्देही–१ मा चुनावी सरगर्मी: दधिराम न्यौपानेको पक्षमा बढ्दो जनलहर

देवदह ई.बो स्कूलमा सदनात्मक दोहोरी प्रतियोगिता सम्पन्न

यूएईमा मारिएका नेपालीको पहिचान खुल्यो, शव नेपाल ल्याउने तयारी

यूएईमा गरिएको इरानी आक्रमणमा परि एक नेपालीसहित तीन जनाको मृत्यु

जेष्ठ नागरिकको उपचार सरल बनाउने बोहराको प्रतिबद्धता, देवदहबाट ६५ जना राप्रपा प्रवेश

देवदहका विद्यालयहरूमा स्काउटको लहर: जनता र देवदह माविमा ८० विद्यार्थी दीक्षित

अब युवाहरुलाई स्वदेशमै रोजगारीको ग्यारेन्टि गर्नुपर्छः उम्मेद्वार खत्री