'देवदहमा अन्तर वडास्तरिय तीज गित प्रतियोगिता सम्पन्न'

४ वर्ष अगाडि

देवदह । रुपन्देहीको देवदह नगरपालिकाले वडा स्तरिय तिज गित प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा वडा नं. ७ ले प्रथम स्थान हासिल गरेको छ भने वडा नं. ४ द्धितिय, वडा नं. ५ तृतिय तथा वडा नं. ६ र ९ ले सान्तना स्थान हासिल गरेका थिए ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद ३३ हजार, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो भने द्धितिय हुनेलाई २२ हजार ६ सय ६६ नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै तृतिय हुनेलाई २० हजार र सान्तवा हुनेलाई १०/१० हजार नगद, शिल्ड र प्रमाणपत्र प्रदान गएिको थियो ।

कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख धुव्रप्रसाद खरेलले महिलाहरुको महान चाड तिजको अवसरमा प्रतियोगिता आयोजना गरेर गित मार्फत विकास र समृद्धिको यात्रालाई विशेष जोड दिएकोप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो । प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुख खरेलले समाज रुपान्तरणका लागि महिलाहरुको महत्त्वपूर्ण भुमिका रहेको समेत बताउनुभएको थियो । उहाँले देवदहलाई नमुना नगरको रुपमा विकसित गरी समृद्ध देवदह बनाउनका लागि आ–आफ्नो ठाउँबाट विभिन्न माध्यमले सहयोग गर्न सम्पूर्ण नगरवासीलाई अपिल गर्नुभएको थियो ।

कार्यक्रममा देवदह नगरपालिका उपप्रमुख बिद्यालक्ष्मी गुरुङले प्रतियोगितामा सहभागी भई जितको गितका माध्यमबाट सभ्य समाज निर्माण गर्न महत्वपुर्ण योगदान गरेकोप्रति खुशी ब्यक्त गर्दै प्रतियोगितमा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थिया । वहाँले समाजमा बिद्यमान बिकृति र विसंगती रोक्न महिलाहरु नै सभ्य र चरित्रवान हुनुपर्ने समेत बताउनुभएको थियो ।

देवदह नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल, देवदह नगरपालिकाका कर्मचारी, जनप्रतिनिधिहरु, संघ संस्थाका प्रतिनिधिहरु लगाएत स्थानीयको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम नगर उपप्रमुख बिद्या लक्ष्मी गुरुङको अध्यक्षता, शान्ता भट्टराईको स्वागत, ईन्दिरा भुषाल र भिमा गुरुङको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

विकासप्रेमी खत्रीनै रुपन्देही एकको आशा र भरोसा हुन्ः मतदाता

रुपन्देही–१ मा चुनावी सरगर्मी: दधिराम न्यौपानेको पक्षमा बढ्दो जनलहर

देवदह ई.बो स्कूलमा सदनात्मक दोहोरी प्रतियोगिता सम्पन्न

यूएईमा मारिएका नेपालीको पहिचान खुल्यो, शव नेपाल ल्याउने तयारी

यूएईमा गरिएको इरानी आक्रमणमा परि एक नेपालीसहित तीन जनाको मृत्यु

जेष्ठ नागरिकको उपचार सरल बनाउने बोहराको प्रतिबद्धता, देवदहबाट ६५ जना राप्रपा प्रवेश

देवदहका विद्यालयहरूमा स्काउटको लहर: जनता र देवदह माविमा ८० विद्यार्थी दीक्षित

अब युवाहरुलाई स्वदेशमै रोजगारीको ग्यारेन्टि गर्नुपर्छः उम्मेद्वार खत्री