'गठबन्धनमा केहि दिनमै सिटको टुङ्गो लाग्छ : खनाल'

४ वर्ष अगाडि

अर्घाखाँची । नेकपा माओवादी केन्द्रका सचिव चक्रपाणि खनालले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि पाँच दलीय गठबन्धनबीच केही दिनमै सिट बाँडफाँटको टुङ्गो लाग्ने बताउनुभएको छ ।

आज सोमवार प्रेस सेन्टर अर्घाखाँचीले आयोजना गरेको पत्रकार सम्मेलनमा खनालले यही भदौ १५ गतेसम्म सिट बाँडफाँटको टुङ्गो लाग्ने र समयमै उम्मेदवारहरू जिल्ला आउने बताउनुभएको हो । उहाँ पार्टीको जिल्ला समन्वय समितिको बैठकमा सहभागी हुने अर्घाखाँची आउनुभएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै सचिव खनालले माओवादी र नेकपा समाजवादीबीच चुनावपछि एकता हुने बताउनुभयो । उहाँले चुनावमा संयोजन समिति बनाएर गठबन्धन गरेर जाने र चुनावपछि एकता गर्ने सहमति भएको बताउनुभयो । आउँदो चुनावलाई मध्यनजर गर्दै पालिका चुनावमा गरिएको गठबन्धन कायम रहने तथा अन्य दललाई पनि गठबन्धनमा समावेश गर्ने गरी प्रक्रिया अगाडि बढेको उहाँको भनाइ छ ।

अहिलेको गठबन्धन संविधान रक्षाका लागि भएको जिकिर गर्दै सचिव खनालले गणतन्त्रको रक्षा र स्थायित्वका लागि गठबन्धन गरिएको बताउनुभयो । गठबन्धन हिजोको जस्तो नभइ स्थायित्व दिने खालको भएको बताउँदै उहाँले राष्ट्रिय जनमोर्चा र एमालेबाहेकका अन्य कम्युनिस्ट पार्टीसँग पनि एकताको छलफल भइरहेको बताउनुभयो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत