'गुल्मी चितवन मैत्री समाजद्वारा तिज विशेष कार्यक्रम सम्पन्न'

४ वर्ष अगाडि

ललिता घिमिरे , चितवन // गुल्मी चितवन मैत्री समाजद्वारा तिज विशेष कार्यक्रम सम्पन्न भएकाे छ । तिजकाे अवसर पारेर भरतपुर-४ स्थित कटेराे पार्टी प्यालेसमा उक्त कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।

संस्थाका उपाध्यक्ष राधिका भण्डारीकाे अध्यक्षता र समाजसेवी व्यक्तित्व भगवती घिमिरेकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा माैलिक कला र संस्कृतिकाे संरक्षण गर्दै संस्थाले अाफ्नाे संस्थामा रहेका पदाधीकारी सदस्यहरू लगायत गुल्मीबाट बसाई सरी गैडाकाेट देखि चितवन अासपासमा बसाई सरी अाएका सम्पुर्ण दिदी बहिनीहरूलाई एकजुट बनाउने ध्देयले दर खाने कार्यक्रम गरेकाे भण्डारीले बताउनुभयाे । कार्यक्रममा अर्जुन पाठक, डा.सुनिल मणि पाेख्रेल शारदा शर्मा खुमराज उपाध्याय सेन्ट्रल कलेजका प्रधानाध्यापक यज्ञविलास पाैडेल लगायतले बाेल्दै तीज पर्व लाई तडक भडक गर्न नहुने र स्वास्थ्य को पनि ख्याल गरी पर्व मनाउदै महिलालाई अधिकारबाट बन्चित गर्न नहुने कुरामा जाेड दिएका थिए । कार्यक्रममा उपस्थित महिला दिदीबहिनीहरूले परम्परागत शैलीमा मादल खैजडी सहित माैलिक तिज गित गाएर हर्ष उल्लासका साथ तिज विशेष कार्यक्रम मनाएका थिए। संस्थाका अध्यक्ष दिपक ढकालकाे स्वागत र सचिव विक्रम सापकाेटाकाे संञ्चालनमा सम्पन्न भएकाे थियाे ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

रोल्पामा जिप दुर्घटना १५ जना गम्भीर घाइते

काठमाडौं प्रशासनको निर्देशनपछि बल्खु र वंशीघाटका सुकुमवासी बस्ती खाली गर्न सुरु

कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १८ जना पक्राउ

केरवानी खानेपानीको अध्यक्षमा दिपक पौडेल निर्वाचित

नक्कली जग्गाधनी खडा गरी नामसारी: ७ जनाविरुद्ध अख्तियारको मुद्दा

ई–बिडिङ ह्याक प्रकरणमा थप एक पक्राउ, पक्राउ संख्या १३ पुग्यो

ओमानसँग नेपाल १०२ रनले पराजित, डीएलएस मेथडले खेल टुंगियो