'डोलीमा सुत्केरी बोक्न बाध्य'

४ वर्ष अगाडि

अर्घाखाँची । बुधबार दिउँसो दुई जना पुरुषले ‘हस्याङफस्याङ’ गर्दै डोलीमा सुत्केरीलाई बोकेको दृश्य सञ्चारकर्मीले देखे ।

तीन दिनकी सुत्केरीलाई डोलीमा बोकेर ती पुरुषहरुले घरमा लैजादै थिए । यो अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. १३ मा देखिएको कष्टपूर्ण दुःख हो ।

तराईको कपिलवस्तुसंग नजिकै रहेको शितगंगा-१३ माझिफाँटका स्थानीयले यस्तै दुःखका साथ जीवन बिताइरहेका छन् । यस्तो दुःख गर्ने बानि परेका यहाँका बासिन्दालाई बुधबारको काम कुनै नौलो थिएन ।

तराईसंग सीमा जोडिएको स्थानमै नागरिकले पाएको यस्तो दुःखले देशको विकासलाई भने गिज्याइरहेको थियो । पटक पटक ताकेता गर्दा पनि माझिफाँटमा पुल बन्न सकेको छैन् । पुल नबन्दा यहाँका बासिन्दालाई मुसिबाङ खोला तगारो बनिरहेको छ । बर्खा लागे पछि यहाँका स्थानीयलाई मुसिबाङ खोला पीडा थप्ने माध्यम बनेको हो ।

माझिफाँट प्राकृतिक हिसाबले सुन्दर छ । प्रयाप्त खेतियोग्य जमीन रहेको यो बस्ति छाड्नेहरुको दर बढीरहेको छ । कपिलवस्तुको बाणगंगा नगरपालिकासंग नजिकै रहेको यो वस्तिको विकासमा सरोकारवालाको चासो भएको भए माझिफाँटको हविगत यो हुने थिएन ।

बसाईसराईको तीव्र चपेटामा रहेको सिंगो शितगंगा नगरपालिका बस्तिविहिन हुने खतरा देखिदै छ । यसको प्रमुख कारण विकास निर्माण नहुनु नै हो ।

आर्थिक रुपले केहीँ मजबुत भए पछि माझिफाँट छाड्ने बढी हाल्छन् । आर्थिक रुपमा कमजोर हुनेहरु मात्र बस्ने गाउँ बनेको छ माझिफाँट ।

हाल एक सयको हारहारीमा यहाँ घरपरिवार छन् । खोला तरेर हिड्नुपर्ने बाध्यता यहाँका विद्यार्थीलाई पनि छ ।

नजिकै आधारभूत विद्यालय भएपनि माध्यमिक तहको विद्यालय यहाँ छैन् । माध्यमिक तहको पढाईका लागि यहाँका विद्यार्थी कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं. ९ भलवाड जिनुवामा रहेको विद्यालयमा पढ्न आउने गरेका छन्। दैनिक ६ किलोमिटर जंगलको बाटो भएर पढ्नुपर्ने बाध्यता यहाँका विद्यार्थीलाई रहेको स्थानीय गणेश वि.सी बताउँछन् ।

शितगंगा १३ का वडाध्यक्ष दुर्गा विसीले पुलका लागि वडाको बजेटले नभेट्ने बताउँछन् । नगर र प्रदेश सरकारमा पटक पटक पुल बनाउन पहल गरे पनि कुनै काम नभएको उनले बताए । पुलका लागि डिपिआर सम्पन्न भइसके पनि काम अगाडी बढ्न नसकेको उनको भनाई छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो