'रथयात्रामा स्वास्थ्य मापदण्ड ख्याल गर्न मुख्यमन्त्रीको आग्रह'

४ वर्ष अगाडि

विराटनगर।  प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्वास्थ्य मापदण्ड पालना गराउनेगरी व्यवस्थित रथयात्राको प्रबन्ध गर्न प्रदेश नं. १ स्थित सुरक्षा प्रमुखहरूलाई निर्देशन दिनुभएको छ । प्रदेश नंं. १ को धार्मिक तथा सांस्कृतिक परम्पराको रुपमा रहेको रथयात्रा यस वर्ष कोभिड संक्रमणलाई ख्याल गरेर छोटो समयमा सम्पन्न गर्न उहाँले रथायात्रा व्यवस्थापन समिति र सुरक्षा प्रमुखहरूलाई निर्देशन दिनुभएको छ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज रथयात्रा तथा सञ्चालन हुने स्थानका बारे जानकारी लिएपश्चात् मुख्यमन्त्री राईले परम्परा पनि कायम हुने र नागरिकको स्वास्थ्य पनि जोखिम नहुनेगरी रथयात्राको व्यवस्थापन गर्न आग्रह गर्नुभयो । विराटनगरमा हरेक वर्ष श्रीकृष्ण जन्माष्टीको भोलिपल्ट भव्य रथयात्रा हुने गर्दछ । उक्त रथयात्रामा लाखौंको संख्यामा भक्तजनहरू सहभागी हुने गर्छन् ।

यस वर्ष कोभिड संक्रमणलाई ख्याल गर्दै झाँकीबाहेकको रथयात्रा निकाल्ने तयारी राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले गरेको छ । आज मुख्यमन्त्री कार्यालयमा आयोजित छलफलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रदेश नं. १ प्रमुखसहित मोरङ जिल्लास्थित सुरक्षा अधिकारीहरू उपस्थित हुनुहुन्थ्यो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत