'रोट्रयाक क्लब अफ तिलोत्तमा देवदहको दशौं पद हस्तान्तरण कार्यक्रम सम्पन्न'

४ वर्ष अगाडि

देवदह // रोट्रयाक क्लब अफ तिलोत्तमा देवदहको दशैं पद हस्तान्तरण तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बर्ष २०२१/२२ का अध्यक्ष सुनिल गिरीले बर्ष २०२२/२३ का अध्यक्ष मनिलाल तिवारीकाे टिमलाई पद हस्तान्तरण गर्नु भएको हो । कार्यक्रम दुई चरणमा भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि देवदह नगरपालिकाका नगर प्रमुख ध्रुवप्रसाद खरेलले नव निर्वाचित समितिलाई शुभकामना दिँदै समाज रुपान्तरण गर्ने भनेकै युवाहरूले रहेको बताउनुभयो । अहिले युवाहरु पलायन हुने समस्या बढ्दो रहेको हुदा वैदेशिक रोजगारीमा जानेलाई प्रोत्साहन भन्दा निरुत्साहित गर्न जरुरी रहेको बताउनुभयो । उहाले यहि देशमा, आफ्नो भुमिमा नै केहि गर्ने कार्ययोजना बनाउन अबका युवालाई आग्रह गर्नु भयो । उहाँले यस बर्ष देवदह नगरपालिकाले युवा स्वरोजगार तथा युवा उध्यम्शिलता कार्यक्रम भनेर ५० लाख बजेट नगरपालिकाबाट विनियोजन गरेको बताउनु भयो ।

साेही अवसरमा बाेल्दै देवदह नगरपालिकाको नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले क्लब स्थापना भए देखि नै निस्वार्थ रुपले सामाजिक कार्य गर्दै आएको बताउदै क्लबलाई धन्यवाद दिनु भएको थियो । उहाले अध्यक्षले आफ्नो भावी कार्य योजना प्रस्तुत गर्दा देवदहलाइ पर्यटकीय रुपमा विकास गर्ने , स्वास्थ्य , शिक्षा तर्फका कार्यक्रम र देवदह नगरपालिकाको फोहोर मैला व्यवस्थापनमा खटिनेलाई सम्मान तथा प्रोत्साहन गर्ने जस्तो महत्वपुर्ण कार्यक्रमहरु समावेश गरेकोमा धन्यवाद दिदै आफू र देवदह नगरपालिकाको तर्फ बाट क्लबलाई सक्दो सहयोग रहने कुरा व्यक्त गर्नु भएको थियो ।

त्यस्तै रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले क्लबले गरेका विभिन्न कार्यक्रमहरुले गर्दा पनि यो क्लब देवदहको अब्बल क्लबको रुपमा रहने बताउनुभयो । आगामी दिनमा पनि क्लबले गरेका रचनात्मक कार्यहरुलाई निरन्तरता दिदै थप एउटा ईट्टा थप्न सकोस् भन्दै नव निर्वाचित समितिलाइ शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा बर्ष २०२१/२२ का अध्यक्ष गिरीले वर्षभरी गरेका कामको प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै पद हस्तान्तरणपछि बोल्दै क्लबका अध्यक्ष तिवारीले निस्वार्थ रुपले सामाजिक कार्य गर्दै क्लवलाई अग्रसर गराउने बताउनु भयो । कार्यक्रममा बर्ष २०२१/२२ मा  उत्कृष्ट कार्य गरेका रोट्रयाक सदस्यहरु विभिन्न विधामा सम्मानित भएका छन् । वर्ष २२/२३ काे प्रथम उपाध्यक्षमा विक्रम भुसाल, उपाध्यक्षहरू राजु तिवारी, चन्दा पाठक, अम्विका खरेल, सन्दिप पाैडेल, विजय अंगाई, सचिवमा प्रविन गाैडेल, सह-सचिवमा ललिता घिमिरे, काेषाध्यक्षमा कृष्ण गैरे, सह-काेषाध्क्षमा गिता ढकाल रहनु भएकाे छ ।
कार्यक्रम प्रथम उपाध्यक्ष विक्रम भुसालको स्वागत , उपाध्यक्ष चन्दा पाठकको धन्यवाद ज्ञापन र पहिलो सेसन वर्ष २०२१/२२ का सचिब सन्दिप पौडेल र दोस्रो सेसन वर्ष २०२२/२३ का सचिब प्रविन गौडेलको सञ्चालनमा भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत