'सामाजिक सेवा समुह फाउण्डेशन नेपाल देवदह साखाद्वारा शैक्षिक सामाग्री वितरण'

४ वर्ष अगाडि

देवदह // रुपन्देहीको देवदहमा सामाजिक सेवा समुह फाउण्डेशन नेपाल देवदह साखाले ज्ञानज्योती मा.वि मा अध्यनरत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । देवदह ८ स्थित ज्ञानज्योती मा.वि का ३० जना आर्थिक अवस्था कम्जोर भएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको संस्थाका अध्यक्ष पवन केसिले बताए । संस्थाले आफ्नो स्थापना कालबाटै शिक्षा र स्वास्थ्यमा नियमित सामाजिक कार्य गर्दै आइरहेको उनले बताए ।

सामाजिक सेवा समुह फाउण्डेशनले अभियानकै रुपमा विभिन्न ठाउका बिद्यालयहरुमा पुगेर आर्थिक अवस्था कम्जोर भएका बिद्यार्थीहरुलाई सानो सहयोग होस भनी सहयोग गर्दै आईरहेको छ। वितरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज बुढाथोकीले विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको लागि झोला, कापी र कलम वितरण गर्दा विद्यार्थीलाई पढ्न थप उर्जा मिल्ने बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्राध्यानाध्यापक गोविन्द तिवारी, विद्यालय व्यवस्थापन समितिका सदस्य मीन राना लगाएतले बोल्दै शैक्षिक सामाग्री वितरण गर्न ज्ञानज्योती मा.वि. रोजेकोमा संस्थाका पदाधिकारीलाई बिद्यालयको तर्फबाट धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष पवन केसीको अध्यक्षता र सचिव अभिषेक सुनारको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत