'प्युठानमा ‘साहित्य महोत्सव’ हुने'

४ वर्ष अगाडि

प्युठान। जिल्लाको जीवन, संस्कृति, भाषा, कला, समाज तथा राजनीतिलाई साहित्यको माध्यमबाट उजागर गर्नको लागि प्युठानमा ‘प्युठान साहित्य महोत्सव’ हुने भएको छ।

साहित्य परिषद प्युठानको सोमबार काठमाडौंमा बसेको बैठकले आगामी कार्तिक ५ देखि ७ गतेसम्म प्युठानमा ‘साहित्य महोत्सव’ आयोजना गर्ने निर्णय गरेको हो ।
साहित्य परिषद् प्युठान काठमाडौँ सम्पर्क समितिका संयोजक समीर सिंहका अनुसार देशका विभिन्न ठाऊँहरुबाट साहित्यकार, कलाकार, बुद्धिजीवीहरुलाई समेत प्रतिनिधित्व गराइने सो महोत्सवको उद्घाटन कार्तिक ५ गते स्वर्गद्वारीमा स्थानीय झाँकी, कविता, गीत लगायतका साहित्यिक गतिविधिहरुका साथ हुनेछ।

कार्तिक ६ गते बिहान ओखरकोट र साँझ खलङ्गामा सोही प्रकारका साहित्यिक कार्यक्रम हुनेछ भने कार्तिक ७ गते बाग्दुला।आ देवकोटा जयन्ती लगायत विभिन्न गतिविधिहरु गरी महोत्सवलाई अझ आकर्षक बनाइनेछ। सो अवसरमा प्युठानका विभिन्न पर्यटकिय तथा सांस्कृतिक स्थानहरुको भ्रमणसमेत गरिनेछ।
बैठकमा मोहनविक्रम सिंह, मोहन वैद्य, वामदेव गौतम, लिलामणी पोखेल, मणी थापा, दूर्गा पौडेल, डा. गोविन्द पोख्नेल, डा. गोविन्द पौडेल, हरिहर शर्मा लगायत प्युठान जिल्लासँग सम्बन्धित विभिन्न बुद्धिजीवी, राजनैतिक व्यक्तित्व, साहित्यकारहरुको समेत उपस्थिति रहने सिंहले बताए।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी