'अब बन्दीलाई प्रजननका लागि ‘यौन अधिकार’'

४ वर्ष अगाडि

काठमाडौं । अब कारागारमा रहेका दम्पत्तिले प्रजननका लागि यौन अधिकार पाउने भएका छन् । प्रतिनिधि सभाको बैठकले पारित गरेको कारागार विधयेक, २०७८ मा बन्दी जीवन बिताइरहेका दम्पत्ति वा कुनै एकले प्रजनन अधिकारका लागि यौन सम्पर्क गर्न पाउने व्यवस्था छ ।

प्रतिनिधि सभाबाट पारित भएको विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएपछि कार्यान्वयनमा आउनेछ । लामो समययता छलफलमा रहेको यो विधेयकमा प्रजननका लागि यौन अधिकार सुनिश्चित गरिएको छ ।

बन्दी गर्भवती वा सुत्केरी कारागारबाहिर जान पाउने प्रबन्ध पनि गरेको छ । गर्भवती वा सुत्केरी बन्दीका लागि बसोबास, खानपान र स्वास्थ्यपरीक्षणको विशेष व्यवस्था तोकिएको छ ।

बन्दीले पढ्न पाउने व्यवस्था, स्वाबलम्बी बनाउने प्रयास, विवाह दर्ता गर्न पाउने, नाबालक आमासँग बस्न पाउने, भाग्न खोज्ने बन्दीलाई थप कडा सजायको व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो