'राष्ट्रिय प्रजातन्त्र पार्टी देवदह नगर समितिद्वारा उद्दार टोली गठन'

४ वर्ष अगाडि

देवदह // राष्ट्रिय प्रजातन्त्र पार्टी देवदह नगर समितिले उद्दार टोली गठन गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी देवदह नगरको विपद व्यवस्थापन समितिले प्रकोप तथा जोखिम न्युनिकरण गर्न ३७ सदस्यीय उद्दार टोली गठन गरेको हो । समितिले एक कार्यक्रम बिच उद्दार  टोली र पत्रकारलाई रेनकोट वितरण गरेको हो । वर्षयाममा धेरै बर्षा परेर समस्या परेको बेलामा देवदह बासीलाई समस्या न होस भनेर जोखिम तथा दुर्घटना न्यूनीकरण गर्नकालागि उद्दार टोली गठन गरिएको हो ।विपद व्यवस्थापन समिती संयोजक ओम बहादुर परियारको अध्यक्षतामा भएकाे कार्यक्रममा बोल्दै देवदह नगरपालिका वडा नं ११ का वडा अध्यक्ष दुधनाथ यादवले राप्रपाले अघिल्लो वर्ष पनि वर्षाका कारण धेरै मानिस पिडित भएकाे बताउनु भएकाे थियाे। घर डुबान साथै सम्पत्तिमा क्षेती समेत पुगेको उहाले बताउनु भयाे। त्यतिबेला पनि राप्रपाको विपद व्यवस्थापन टोलीले उद्दार गरेको बताउदै सोहि अनुरुप यस बर्ष पनि समिती गठन गरिएको र कहि त्यस्तो खबर पाए आफुहरु उद्दार गर्न तयार रहेको उहाले बताउनुभयो ।

वर्षाका कारण उत्पन्न हुने प्रकोपबाट सिर्जना हुने विपदमा फसेका मानिसलाई उद्धार वा राहतको आवश्यकता पर्न सक्ने देखिएकोले उद्दार टोली गठन गरि ४२ थान रेनकोट राप्रपा देवदह नगर समितिका उपाध्यक्ष विनोद कुमार बिकले उद्दार टोली संयोजक ओम बहादुर परियारलाई हस्तान्तरण गर्नु भएको हो । रेनकोट संयोजन राप्रपाका निवर्तमान केन्द्रीय सदस्य तोयानाथ लमसालले गर्नुभएको राप्रपा नगर समितीले जनाएको हो ।

बाढी तथा जोखिममा परेको खण्डमा संयोजक ओम बहादुर परियारको मोबाइल नम्बर ९८०३५८८५२४ तथा ९८५७०३९७७७ मा सम्पर्क गर्न सकिने नगर समितिका उपाध्यक्ष विकले बताउनुभयो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत

बाल गृह सञ्चालन गर्ने बाल संगठन रूपन्देहीको तयारी, सरोकारवालासँग अन्तरक्रिया

पशुपालनमा देखिएका नयाँ रोग नियन्त्रणका लागि अनुसन्धानमा जोड दिन्छौं: मुख्यमन्त्री आचार्य

अव्यवस्थित ठेला तथा सडक पेटीमा व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउदै उपमहानगरपालिका

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने

पाटनमा दाजुभाइ हत्या: लागुऔषधको नशामा रहेका संजिवले लिए दाजुभाइको ज्यान

मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि ओली र लेखकलाई रिहाइ गरिदै

विदेशी राजदूत र नियोग प्रमुखहरूलाई प्रधानमन्त्रीको सन्देश