'पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरूद्ध अनेरास्ववियु देवदहद्वारा प्रदर्शन'

४ वर्ष अगाडि

देवदह । नेकपा एमाले निकट अनेरास्ववियुले पेट्रोलियम पदार्थको मुल्यबृद्बिका विरुद्ध देवदह आदर्श बहुमुखी क्याम्पस अगाडि प्रदर्शन गरेको छ । अनेरास्ववियु देवदहले देवदह बहुमुखी बहुमुखी क्याम्पस अगाडि सडकमा जम्मा भई टायर बाल्नुका साथै यातायातका साधनलाई समेत केही समय रोकेका थिए ।

बिरोध प्रदर्शनमा मूल्य वृद्धि फिर्ता गर,जनता मारा सरकार मुर्दावाद,मूल्य वृद्धि रातारात,मिलेमतो ५ दलको,उठिबास जनताको लगायतका नाराबाजी गर्दै आधा घण्टा सडक अबरुद्ध गरेका थिए।प्रदर्शनमा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य कृष्ण पौडेल बिरोध कार्यक्रममा बोल्दै यो पर्मादेश सरकारले जनताको ढाड सक्ने काम गरेको आरोप लगाएका थिए ।कार्यक्रममै बोल्दै अनेरास्ववियु रुपन्देहीका जिल्ला सह सचिब अर्जुन गैरेले पट्रोलियम पदार्थको मुल्यबृद्धिको नियन्त्रण सरकारले नगरे बिभिन्न चरणका आन्दोलन गर्दै जाने बताएका थिए ।

बिरोध कार्यक्रममा अनेरास्ववियु रुपन्देही जिल्ला कमिटि सदस्य तथा देवदह नगर कमिटी ईन्चार्ज सुरज भट्टराई, देवदह नगर कमिटी अध्यक्ष अशोक गैरे, देवदह आदर्श बहुमुखी क्याम्पस कमिटी अध्यक्ष केशव न्यौपाने र क्याम्पस कमिटी र नगर कमिटी सदस्यको बाक्लो उपस्थिति रहेको थियो ।

सरकारले आईतबार साझदेखि मुल्य वृद्धि गरी पेट्रोलको नयाँ मुल्य प्रति लिटर १९९ र डिजेल तथा मट्टीतेलको प्रति लिटर १९२ बनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो