काठमाडौं । नेपाल आयल निगमले आइतबार राति इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ ।
आइतबार बसेको निगमको सञ्चालक समिति बैठकले डिजेल र मट्टीतेलमा प्रतिलिटर २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ मूल्य बढाएको हो ।
निगमले बढाएको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा उल्लेख छ।
मूल्य बढेसँगै पेट्रोलको मूल्य १९९ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १९२ पुगेको छ । निगमले खाना पकाउने ग्यासको मूल्य भने बढाएको छैन ।
निगमले हवाई इन्धनतर्फ आन्तरिकमा १९ र अन्तर्राष्ट्रियमा एक सय अमेरिकी डलरले मूल्य बढाएको छ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0