'समनव्य समिती पाल्पामा एमालेको प्यानलै बिजयी'

४ वर्ष अगाडि

पाल्पा। जिल्ला समन्वय समिति पाल्पाको प्रमुखसहित सबै पदमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ।

जिल्ला समन्वय समिति पाल्पाको नयाँ नेतृत्व चयनका लागि शुक्रबार भएको निर्वाचनमा प्रमुख पदमा टंकनाथ खनाल र उपप्रमुखमा कासिका गैरे सहित सबै सदस्य पदमा नेकपा एमाले विजयी भएको हो । गठबन्धनका उमेदवार यमलाल तिमिल्सिनालाई २ मतान्तरले पछि पार्दै खनाल विजयी भएका हुन् । उपप्रमुखमा गैरे पनि २ मतान्तरले नै विजयी भएकि हुन्।

त्यस्तै सदस्यमा एमालेको तर्फबाट बसन्ता ज्ञवाली, केशमाया सुनार, बिष्णु घिमिरे, केशवराज खराल, भविशरा सारु, रितमाया श्रेष्ठ र प्रताप सिंह थापा विजयी भएका छन् । पाल्पा जिल्ला समन्वयको निर्वाचनका लागि २० जना मतदाता रहेका थिए । १० स्थानीय तहका प्रमुख/अध्यक्ष एवम् उप-प्रमुख/उपाध्यक्षले मतदान गरेका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

विकासप्रेमी खत्रीनै रुपन्देही एकको आशा र भरोसा हुन्ः मतदाता

रुपन्देही–१ मा चुनावी सरगर्मी: दधिराम न्यौपानेको पक्षमा बढ्दो जनलहर

देवदह ई.बो स्कूलमा सदनात्मक दोहोरी प्रतियोगिता सम्पन्न

यूएईमा मारिएका नेपालीको पहिचान खुल्यो, शव नेपाल ल्याउने तयारी

यूएईमा गरिएको इरानी आक्रमणमा परि एक नेपालीसहित तीन जनाको मृत्यु

जेष्ठ नागरिकको उपचार सरल बनाउने बोहराको प्रतिबद्धता, देवदहबाट ६५ जना राप्रपा प्रवेश

देवदहका विद्यालयहरूमा स्काउटको लहर: जनता र देवदह माविमा ८० विद्यार्थी दीक्षित

अब युवाहरुलाई स्वदेशमै रोजगारीको ग्यारेन्टि गर्नुपर्छः उम्मेद्वार खत्री