'चुनाव लड्न रवि लामिछानेले छाडे ग्यालेक्सी टीभी'

४ वर्ष अगाडि

काठमाडौँ । टेलिभिजन पत्रकार रवि लामिछानेले ग्यालेक्सी टीभी छाडेका छन् । आगामी प्रतिनिधि सभा चुनावमा उम्मेदवार बन्ने बताउदै लामिछानेले टीभी छाडेका हुन् । आगामी ७ गते राष्ट्रियसभा गृहमा कार्यक्रम गरेर यसबारे औपचारिक जानकारी दिने लामिछानेले बताएका छन् । उनले सञ्चारकर्म छाडेर पूर्णकालीन राजनीतिमा आउन लागेको समेत बताएका छन् । आफू रहरले सञ्चारकर्मी भएको तर परिस्थितिले राजनीतिज्ञ बनाउन लागेको उनको भनाइ छ ।

बिहीवार खादा लगाएर उनी टेलिभिजनबाट बिदा भएका छन् । आमजनताको सरोकारका विषय उठाउँदै आएका उनको ‘सिधा कुरा’ नामक कार्यक्रम चर्चित छ ।

टेलिभिजन छाड्नुअघि सहकर्मीहरूसँगको मिटिङमा लामिछानेले राजनीतिमा लाग्ने बताएका छन् । आज बेलुका प्रशारण हुने सिधा कुरा आफ्नो अन्तिम कार्यक्रम हुने उनले बताएका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

क्लिनिकको चरम लापरवाहीले गर्ववती महिलाको मृत्यु, तिनदिन देखि शव अस्पतालमै

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय