'छोरीको हत्या गरेको आरोपमा आमा पक्राउ'

४ वर्ष अगाडि

दाङ। दाङमा आफ्नै छोरीको हत्या गरेको आरोपमा १५ वर्षीया आमा पक्राउ परेकी छिन । उनलाई छोरीको हत्या गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिएका छन ।

काफ्लेका अनुसार छोरी रोएपछि आमाले स्तनपान गराउन थालिन तर बच्चाको रुने क्रम नरोकिए पछि आबेगमा आएर आमाले आफ्नी नाबालिका छोरीलाई सेफ्टी ट्याङ्कीमा फालेको उनले साबिती बयान दिएको प्रहरी उपरीक्षक काफ्लेले बताएका छन ।

दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीया निवासी १५ वर्षिय आमाले जन्माएको १६ दिनको शिशुको बुधबार बिहान घर पछाडि रहेको सेप्टी ट्यांकी भित्र मृत अवस्थामा फेला परेको थियो।

शिशुको शवको पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ । थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत