'कोरोनाका कारण रोकिएको यार्सा संकलन खुला'

४ वर्ष अगाडि

दाङ । रुकुमपूर्वमा कोरोना भाइरसका कारणले दुई वर्षदेखि रोकिएको यार्सागुम्बा संकलन यस वर्ष प्रवेशमा निःशुल्क गरी खुला गरिएको छ । कोरोना संक्रमण नभएका विगत वर्षमा यार्सागुम्बा संकलनका लागि प्रतिव्यक्ति प्रवेश शुल्क लाग्ने गरेको थियो ।

कोरोनाका कारण दुई वर्ष यार्सागुम्बा संकलनमा रोक लगाइएको थियो । यस वर्ष कोरोना संक्रमणको दर कम भएपछि यार्सागुम्बा संकलन खुला गरिएको हो ।

रोकिएको यार्सा संकलन व्यवस्थापनको तयारी गर्ने समयमा स्थानीय चुनाव लागेपछि संकलनका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको पुथाउत्तरगंगा गाउँपालिका–१ मैकोटका दलबहादुर पुनले जानकारी दिनुभयो ।

जिल्लामा पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १ र २ का बुकी पाटल क्षेत्रमा यार्सा पाइने गरेको छ । यार्सा टिप्नका लागि छिमेकी जिल्ला रोल्पा, रुकुम पश्चिम, बाग्लुङ लगायतका जिल्लाबाट मान्छे जाने गरेका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत