स्वास्थ

कार दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाँउपालिका–६, चैनपुरमा मङ्गलबार कार दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा कारमा सवार मोरङ जिल्ला विराटनगर उपमहानगरपालिका–१७ निवासी ६५ वर्षीय ओमबहादुर अर्जेल रहेका छन् । त्यस्तै उहाँको श्रीमती ४९ वर्षिया सुनिता अर्जेल र छोरा ३१ वर्षीय निशान्त अर्जेल घाइते भएको जिल्ला […]

मुक्तिनाथ लगायत उपल्लो मुस्ताङमा बाक्लो हिमपात

गएरातिबाट मुक्तिनाथ लगायत उपल्लो मुस्ताङ क्षेत्रमा हिमपात भएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार कार्तिक १० गते रातको समयबाट वर्षात संगसगै मुक्तिनाथ लगायत उपल्लो मुस्ताङ घमीबाट माथिका क्षेत्रहरुमा हिमपात भएको हो । प्रहरीले उक्त उक्त क्षेत्रमा यात्रा गर्दा सतर्कता अपनाउन आग्रह पनि गरेको छ ।

नवलपरासीको गैंडाकोटमा एक युवकको चक्कु प्रहार गरी हत्या, ४ जना पक्राउ

नवलपरासीको गैंडाकोट नगरपालिका-१ इट्टाभट्टी नजिकै २८ वर्षका एक युवकको गएराती हत्या भएको छ। युवाहरूको एक समूहले चक्कु प्रहार गर्दा सोही ठाउँका २८ वर्षीय नारायण कुमालको मृत्यु भएको हो। हत्यामा संलग्न भएको आशंकामा ४ जना पक्राउ परेका छन् । घटनाको थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।

गायिका नितु पौडेलसंग प्रेम सम्बन्धको कारण बाबुल विरुद्ध जाहेरी दर्ता

गायिका नीतु पौडेलको निधन भएपछी उनिसंग प्रेम सम्बन्ध रहेको कारण गाएक तथा संगितकार बाबुल गिरी विरुद्ध जाहेरी दर्ता छ । नितुको आज बिहान कीर्तिपुस्थित बर्न अस्पतालमा निधन भएको थियो । उनले गत कार्तिक १ गते अनामनगरमा उनले शरीरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेकी थिइन् । जलेर गम्भीर घाइते भएको पौडेलको आज निधन भएको प्रहरीले जनाएको […]

स्टुडियो मै आत्मदाह प्रयास गरेकी गायिका नितुको मृत्यु

स्टुडियो मै आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु भएको छ । कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा उनको आज मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार शुक्रबार बिहान साढे ८ बजे उनको मृत्यु भएको हो । गत शनिबार पौडेलले अनामनगरस्थित एक स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन् । आफ्नै […]

विपिन जोशीको शव आज नेपाल ल्याईदै, विमानस्थलबाट सिधै कञ्चनपुर पठाइने

इजरायलमा मारिएका विपिन जोशीको शव आजै कञ्चनपुर पठाइने भएको छ । विपिनको शव बोकेको विमान फ्लाई दुबईको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएपछि आजै धनगढी पठाउने तयारी छ । धनगढीबाट विपिनको शव कञ्चनपुरको भिमदत्तनगरपालिकास्थित उनको घर लगिने छ । कञ्चनपुरमै उनको अन्तिम दाह संस्कार गरिनेछ । विपिनको शव बोकेको विमान मंगलबार दिउँसो २:३० बजे त्रिभुवन विमानस्थल अवतरण […]

पूर्वसचिव डा. संगीता मिश्र विरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव डा. संगीता मिश्र विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । केही साताअघि जेन जीको सरकारमा स्वास्थ्यमन्त्री बन्ने चर्चामा रहेकी मिश्रविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दाको फाइल पेश गरेको हो। ‘विशेष अदालतमा भर्खरै आरोपपत्र पेश भएको छ’ अख्तियार स्रोतले भन्यो, ‘फाइल रुजु गरी दर्ता गर्ने क्रम चलिरहेको छ । उनी स्वास्थ्य सचिवको […]

नर्सका माग सम्बोधन गर्न सरकारले बनायो समिति, पहिलो बैठक आजै

सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन गरेको छ। स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्रा. डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरिएको हो । देशका विभिन्न निजी अस्पताल तथा मेडिकल कलेजका नर्सहरुले उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलन गर्न थालेपछि प्रधानमन्त्री सुशीला कार्कीले गत बिहीबार स्वास्थ्य मन्त्रालयका सचिवसहितको टोलीलाई बोलाएर तत्काल सम्बोधन गर्न […]

गाइघाट दुर्घटनामा ट्रक र बससहित ७ गाडी ठोक्किँदा २१ जना घाइते, चारजनाको अवस्था गम्भिर

नारायणगढ- मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडी एक आपसमा ठोक्किँदा २१ जना घाइते भएका छन् । आज बिहान साढे ७ बजे सातवटा गाडी एकपछि अर्को गर्दै ठोक्किएको थियो । चितवन प्रहरीका प्रवक्ता डिएसपी रविन्द्र खनालका अनुसार आज बिहान मुग्लिङबाट नारायणगढ तर्फ आउदै गरेको ना ८ ख ६६२९ नं. को ट्रक र नारायणगढबाट काठमाडौंतर्फ जाँदै गरेको […]

नर्सहरूलाई न्यूनतम पारिश्रमिक दिलाउने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री सुशिला कार्कीले आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छन्। प्रधानमन्त्री कार्कीले आज स्वास्थ्य सचिव डा विकास देवकोटालाई बोलाएर तत्काल आन्दोलनरत नर्सहरुको समस्या समाधान गर्न निर्देशन दिएकी हुन्। स्वास्थ्य मन्त्रीको समेत जिम्मेवारीमा उनले सम्हालेकी छन्। उनले नर्सको आन्दोलनको विषयमा बुझेर तत्काल सम्बोधन हुने गरी कदम चाल्न र प्रगतिबारे जानकारी गराउन निर्देशन दिइन्। देशमा […]