'गायिका नितु पौडेलसंग प्रेम सम्बन्धको कारण बाबुल विरुद्ध जाहेरी दर्ता'

६ महिना अगाडि

गायिका नीतु पौडेलको निधन भएपछी उनिसंग प्रेम सम्बन्ध रहेको कारण गाएक तथा संगितकार बाबुल गिरी विरुद्ध जाहेरी दर्ता छ ।

नितुको आज बिहान कीर्तिपुस्थित बर्न अस्पतालमा निधन भएको थियो । उनले गत कार्तिक १ गते अनामनगरमा उनले शरीरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेकी थिइन् । जलेर गम्भीर घाइते भएको पौडेलको आज निधन भएको प्रहरीले जनाएको छ । उनी गायक तथा संगीतकार बाबुल गिरीसँग लामो समयदेखि प्रेम सम्वन्धमा थिइन् ।

विवाहको विषयमा विवाद भएपछि पौडेलले गिरीको एरेन्ज स्टुडियो अनामनगरमा आत्मदाह प्रयास गरेकी थिइन् । पौडेललेको मृत्यु भएपछि बाबुल गिरी विरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामा जाहेरी दर्ता भएको छ।

प्रहरी वृत्त, सिंहदरबारमा जाहेरी दर्ता भएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं एसपी पवन भट्टराईले नेपालप्रेसलाई बताए । जाहेरी दर्ताअगवै बाबुल बिहान प्रहरी कार्यालयमा पुगेका थिए ।

प्रवक्ता भट्टराईका अनुसार अहिले उनी त्यहीँको हिरासतमा छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

घर भत्किएपछि हराएका व्यक्ति दिउँसो मृत अवस्थामा फेला

रोल्पा जिप दुर्घटना: २० जनाको सनाखत, शव परिवारलाई बुझाइँदै

सुकुमवासी हटाइएपछि पाँच स्थानमा अस्थायी बसोबासको व्यवस्था

दीपेन्द्रको शतकीय पारीसंगै नेपालद्वारा यूएईलाई २९० रनको लक्ष्य

अध्यादेशबारे राष्ट्रपति पौडेलको कानुनविद्हरूसँग छलफल, शीतलनिवासमा परामर्श जारी

तेस्रो दिन पनि नेप्से ओरालो, ५.७३ अंक घटेर २७३८ मा सीमित

रोल्पामा जिप दुर्घटना १५ जना गम्भीर घाइते

काठमाडौं प्रशासनको निर्देशनपछि बल्खु र वंशीघाटका सुकुमवासी बस्ती खाली गर्न सुरु