'गाइघाट दुर्घटनामा ट्रक र बससहित ७ गाडी ठोक्किँदा २१ जना घाइते, चारजनाको अवस्था गम्भिर'

७ महिना अगाडि

नारायणगढ- मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडी एक आपसमा ठोक्किँदा २१ जना घाइते भएका छन् ।
आज बिहान साढे ७ बजे सातवटा गाडी एकपछि अर्को गर्दै ठोक्किएको थियो ।

चितवन प्रहरीका प्रवक्ता डिएसपी रविन्द्र खनालका अनुसार आज बिहान मुग्लिङबाट नारायणगढ तर्फ आउदै गरेको ना ८ ख ६६२९ नं. को ट्रक र नारायणगढबाट काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ७४२० नं. को बस ठक्कर खाएको थियो ।

त्यसपछि बसको पछाडि ना ७ ख ९६०७ नं. को टेलर, टेलरको पछाडी बा.प्र. ०६-००१ ग ०४८४ नं. को इभी माइक्रो र माइक्रोबसको पछाडि रहेको ग २ ख १६२६ नं. को बस, ठोक्किएर थियो ।

सोही बसको पछाडी रहेको ना ३ च ३२५६ नं. को बलेरो र पछाडी BAB ८४७० नं. को कार ठक्कर खाएर ठूलो दुर्घटना भएको हो ।

दुर्घटनामा सातवटा सवारीमा रहेका २१ जना घाइते भएकोमा प्रहरीले घाइतेह सबैको उद्दार गरि भरतपुर स्थित विभिन्न अस्पताल ल्याएको जनाइएको छ ।

घाइते मध्ये १३ जना नेशनल सिटी अस्पताल, ४ जना नयाँ मेडिकल कलेज भरतपुर, ४ जना जनता केयर अस्पताल ल्याइएको डिएसपी खनालले बताए ।
घटनाको अझ थप जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी प्रवक्ता खनालले जनाएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

अध्यादेशबारे राष्ट्रपति पौडेलको कानुनविद्हरूसँग छलफल, शीतलनिवासमा परामर्श जारी

तेस्रो दिन पनि नेप्से ओरालो, ५.७३ अंक घटेर २७३८ मा सीमित

रोल्पामा जिप दुर्घटना १५ जना गम्भीर घाइते

काठमाडौं प्रशासनको निर्देशनपछि बल्खु र वंशीघाटका सुकुमवासी बस्ती खाली गर्न सुरु

कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १८ जना पक्राउ

केरवानी खानेपानीको अध्यक्षमा दिपक पौडेल निर्वाचित

नक्कली जग्गाधनी खडा गरी नामसारी: ७ जनाविरुद्ध अख्तियारको मुद्दा