साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार घट्ने क्रम थामिएको छ । यस दिन नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १.५४ अंक बढेर बन्द भएको छ । सो वृद्धिपछि नेप्से २७८८ अंकमा कायम भएको छ । अघिल्ला चार कारोबार दिन लगातार बजार घटेको थियो । आज कारोबार रकम सामान्य बढेको छ । हिजो ५ अर्ब ९ […]
अनलाईन मार्फत पार्सल तथा उपहार पठाउने बहानामा ठगीमा संलग्न इलाम फाकफोकथुम गाउँपालिका-६ का २७ वर्षीय सुजन लिम्बू भन्ने सुशन थेगिम पक्राउ परेका छन् । उनले टिकटकमा रोहन राजपुत नाम गरेको आईडी खोलेर नेपाली महिलासँग साथी बनेर कुराकानी गर्ने गरेका थिए । कुराकानीको क्रममा ‘म तिमीलाई मन पराउँछु भनी विभिन्न प्रलोभनमा पारी डलर, गरगहना लगायतका विभिन्न […]
सुकमवासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी भनिने नारायण परियार पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले परिश्रमी पक्राउ परेको पुष्टि गरे । उनका अनुसार बैंकिङ कसुर सम्बन्धी मुद्दाको अनुसन्धानका लागि परिश्रमी पक्राउ परेका हुन् । ‘बैंकिङ कसुरको मुद्दामा फरार देखिएपछि पक्राउ गरेर अनुसन्धान सुरु गरेका हौं,’ एसपी भट्टराईले भने […]
कैलाली र कञ्चनपुरमा प्रहरीले लागूऔषधसहित ११ जनालाई पक्राउ गरेको छ । खैरो हेरोइन, चरेश, प्रतिबन्धित औषधि तथा हतियारसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कैलालीमा ६ जना र कञ्चनपुरमा ५ जनालाई पक्राउ गरिएको हो । गोदावरी नगरपालिका–१ बाट ५१० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित २५ वर्षीय राजन हमाल पक्राउ परेका छन् । […]
शुक्रबार सुनचाँदीको भाउ घटेको छ। सुनको भाउ प्रतितोला २ हजार २ सय रुपैयाँ र चाँदी ७५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिनका लागि महासंघले सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । […]
सरकारले सुकुमवासी बस्ती खाली गराउने निर्णयको विरोधमा थापाथलीमा प्रदर्शन भइरहेको छ। सरकारविरुद्ध नारा लगाउँदै स्थानीयले प्रदर्शन गरिरहेका छन् । उनीहरुले डोजर आतंक बन्द गर, सुकुमवासी आवासको हक सुनश्चित गर, निरंकुश सरकार चाहिँदैन लगायतका नारा लगाइरहेका छन् । सरकारमा जानुअघि रास्वपा सभापति रवि लामिछानेले सुकुमवासी बस्तीमा डोजर चलाए आफू छाती थाप्न जाने अभिव्यक्ति दिएका थिए । […]
काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारमा बस्दै आएका सुकुमवासीहरुले आफू बसेको घर खाली गर्न थालेका छन् । सरकारले बस्तीका संरचना भत्काउने तयारी गरेपछि उनीहरुले आज बिहानबाट सामान सारिरहेका छन् । प्रहरीले विहीबार बेलुकी बस्ती छाड्न माइकिङ गरेको थियो । यसअघि बुधबार गृहमन्त्री पदबाट सुदन गुरुङले राजीनामा दिएलगत्तै प्रधानमन्त्री बालेन शाहले सुरक्षा निकायका प्रमुखलाई बोलाएर सुकुमवासी बस्ती […]
नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीले नेपालमा साइबर अपराधका घटना तीव्र बढेको बताएका छन् । मोबाइल र इन्टरनेट प्रयोगकर्तासँगै पछिल्ला दिनमा साइबर बुलिङका घटना पनि बढिरहेको उनको भनाइ छ । सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा साइबर अपराध नियन्त्रणमा समस्या भइरहेको बताउँदै उनले प्रयोगकर्ताको विवरण पाउन र आपत्तिजनक सामग्री हटाउनसमेत नसकिएको बताए । हालसम्म नेपालमा टिकटक, भाइबर, […]
बिहीबार पनि सेयर बजारको गिरावट थामिएन । यस दिन नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १७.०१ अंक घटेको हो । विगत चार कारोबार दिनयता बजार लगातार झरेको छ । अघिल्लो दिन २८०४ अंकमा रहेको बजार आज २७८७ अंकमा झरेको छ । कारोबार रकम पनि उच्च दरले घटेको छ । अघिल्लो दिन ७ अर्ब ८१ करोडको कारोबार […]
नेपालका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश उडान नहुँदा वैदेशिक व्यापार समेत नगन्य भएको तथ्यांकले देखाएको छ । भन्सार विभागका अनुसार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चालु आर्थिक वर्ष २०८२र८३ को ९ महिना (साउन–चैत) मा ४६ लाख ५ हजार रुपैयाँ बराबर आयात भएको छ । यो विमानस्थलबाट निर्यात भने शून्य छ । उता, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट कुनै […]