तीन जना चढेको स्कुटर दुर्घटना हुँदा बुटवलमा दुईको मृत्यु भएको छ । पाल्पाको नुवाकोटबाट बुटवल आउँदै गरेको लु३४प ५७६६ नम्बरको स्कुटर ओरालो सडकमा अनियन्त्रित भएर पल्टिँदा कपिलवस्तु बाणगंगा नगरपालिका ७ की १९ वर्षीया निशा कुँवर र बुटवल उपमहानगरपालिका ११ कालिका नगरकी १८ वर्षीया पूर्णीमा मगरको मृत्यु भएको हो । मंगलबार साँझ ७ बजेतिर भएको दुर्घटनामा […]
काठमाडौँ महानगरपालिका–२६ ठमेलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मंगलबार ठमेल पक्नाजोलस्थित सडकमा बा३क २३३९ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री ठमेलमा डेरा गरी बस्ने बारा निजगढ नगरपालिका–१३ का ४० वर्षीय किरण घलानको मृत्यु भएको हो। ठक्करबाट गम्भीर घाइते भएका घलानको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्षले जनाएको […]
२३ र २४ भदौको जेनजी आन्दोलनमन जलेका गाडीको नाममा स्वास्थ्य मन्त्रालयका कर्मचारीले इन्धन दुरुपयोग गरेका छन् । स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्रालयभित्र भइरहेको इन्धन दुरुपयोगबारे अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न निर्देशन दिएकी हुन् । ‘जेनजी’ आन्दोलनका क्रममा जलेका सवारीसाधनको नाममा समेत कर्मचारीले इन्धन लिने गरेको खुलेपछि मन्त्री मेहताले मन्त्रालयका प्रशासन सचिव डिल्लीराम शर्मालाई छानबिन गर्ने […]
वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्ष २०८२र८३ को चैत्र मसान्तसम्म आइपुग्दा बैंकहरुको नाफा १९ प्रतिशतले बढेको हो । बैंकहरुले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यस अवधिमा वाणिज्य बैंकहरुले ४९ अर्ब २१ करोड रुपैयाँ नाफा कमाएका छन् । जबकि गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरुले ४१ […]
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासी (नवलपुर)को मध्यबिन्दु नगरपालिका–७ हरियाली जंगल क्षेत्रमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुम्किबासबाट कावासोतीतर्फ आउँदै गरेको लु १ ख ९५८० नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको ग.प्र.०१–००१ च ०४७४ नम्बरको कार आज बिहान करिब १०:५५ बजे ठोक्किएका थिए । दुर्घटनामा कार चालक अन्दाजी ३५ वर्षीय पुरुषको […]
सशस्त्र प्रहरीले सिरहा नगरपालिका-१७ पटेर्वास्थित नेपाल-भारत सीमा क्षेत्रबाट करिब तीन लाख मूल्य बराको सामग्री बरामद गरेको छ। सशस्त्र प्रहरी बल नं. ७ गण अन्तर्गत सीमा सुरक्षा गुल्म मुख्यालय माडरबाट खटिएको टोलीले नेपालबाट भारततर्फ र भारतबाट नेपालतर्फ ओसारपसार गर्दै गरेका सामानहरु अवैध भन्दै नियन्त्रणमा लिएको हो । सशस्त्रका अनुसार २ लाख ५० हजार बराबरको स। ८ […]
मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा ३ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९७ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो । गत मंगलबार ३ लाख १ हजार ३ […]
शैक्षिकसत्र २०८३ आजदेखि सुरु भएको छ । पढाइ भने वैशाख २१ गतेदेखि सुरु गर्ने तयारी छ । सरकारले १५ वैशाखदेखि विद्यालय भर्ना र २१ गतेदेखि पठनपाठन सुरु गर्ने निर्णय गरेअनुसार आजदेखि शैक्षिकसत्र सुरु भएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले बताए । ‘आजदेखि शैक्षिकसत्र सुरु भएको छ । विद्यार्थी भर्ना गर्न अनुरोध […]
रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ३ को वडा कार्यालय भवनमा दिनदहाडै एक स्थानीयमाथि साङ्घातीक आक्रमण भएको छ । वडाबासी वर्ष ४० का थिरलाल पाण्डेलाई गत शुक्रबार विहान १० बजे तिलोत्तमा वडा नं. ५ निवासी चिनजानका व्यक्ति वर्ष ५२ का मुकुन्द तिवारीले अत्यावश्यक काम भएको भनी वडाकार्यालयमा बोलाएर तीन जनाले आक्रमण गरेका हुन् । आक्रमणपछि गम्भीर […]
दाङमा प्रहरीले सञ्चालन गरेको स्वीप अप्रेसनमा १६२ जनालाई विभिन्न अभियोगमा नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार लागूऔषध नियन्त्रण तथा रोकथाम अभियानलाई सुदृढ बनाउने उद्देश्यले बैशाख ९ गतेदेखि १३ गतेसम्म चार दिनसम्म उक्त अभियान सञ्चालन गरिएको थियो । प्रहरीका अनुसार नियन्त्रणमा लिइएका मध्ये १३९ जना पुरुष र २३ जना महिला रहेका छन् । […]