सिरहामा मोटरसाइकलको ठक्करबाट ५ वर्षकी बालिकाको मृत्यु भएको छ । चोहर्वा–सिरहा सडकखण्डअन्तर्गत नरहा गाउँपालिका–३ खोरिया टोलमा भएको सवारी दुर्घटनामा स्थानीय मोहम्मद देलालकी ५ वर्षीया छोरी खजिजा खातुनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका आज मध्याह्न करिब १२स्२० बजे सिरहाबाट मिर्चैयातर्फ जाँदै गरेको प्र।२–०१–००३ प ७६९६ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट पैदल हिँडिरहेकी उनलाई ठक्कर […]
प्युठानको स्वर्गद्वारी नगरपालिका–४ टाकुरामा भारतीय तीर्थयात्री सवार जिप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। भिङ्ग्रीबाट स्वर्गद्वारी तर्फ जाँदै गरेको लु १ ज ३१७५ नम्बरको मुस्ताङ जिप अनियन्त्रित भई दुर्घटना भएको हो । मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा २१ जना घाइते भएका छन्, जसमा ५ जना बालबालिका छन् । तीमध्ये १० […]
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमसँग नेपालका लागि जापानका राजदूत माएदा तोरुले भेटवार्ता गरेका छन् । उनीहरूबीच बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा राजदूत टोरूले बधाइ एवं शुभकामना व्यक्त गरे । साथै , कानुन सुधारका विषयमा विगतको सहकार्यलाई निरन्तरता दिने, सूचना प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स लगायतका विषय बदलिँदो विश्व राजनीतिमा बढिरहेको […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको मुद्दा संशोधनको निर्णय विरुद्ध परेको रिट निवदनको सुनुवाइ बिहीबारका लागि स्थगित भएको छ । महान्यायाधिवक्ता कार्यालयले सुनुवाइ स्थगित गर्न दिएको निवेदनका आधारमा बिहीबार तय भएको सुनुवाइ स्थगित भएको हो । बिहीबार न्यायाधीशहरू नृपध्वज निरौला, नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासमा मुद्दाको पालो परेको थियो । मुद्दा […]
गत चैतमा विपद्का घटनामा परी देशका विभिन्न भागमा ३० जनाको मृत्यु भएको छ । आगलागी, हुरी, चट्याङ, हिमपातलगायत दैवी विपत्तिमा परी १६ पुरुष, १० महिला र चार जना बालबालिकाको मृत्यु भएको हो । दैवी विपत्तिमा परेर २२२ जना घाइते भएका छन् । विपद्बाट १९१ घर, ११७ गोठ र तीन सरकारी कार्यालयमा क्षति भउको छ भने […]
सरकारले काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अन्यत्र नसार्ने भएको छ । २०७५ साल भदौ १ गतेको मन्त्रिपरिषद् बैठकले प्रतिष्ठान सार्ने निर्णय गरेको थियो । तर, बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ११४ रोपनी तीन आना जग्गा प्रतिष्ठानले नै प्रयोग गरिरहने निर्णय गरेको हो । यसअघि उक्त जग्गा राष्टंरपति कार्यालयको नाममा हस्तान्तरण गर्ने निर्णय भएको थियो ।
कास्की प्रहरीले रातभर १० घण्टा स्वीप अप्रेसन चलाएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले १० घण्टा चलाएको स्वीप अप्रेसनमा १२२ जनालाई पक्राउ गरेको छ । कास्कीमा लागू औषध बिक्री बितरण गर्ने सेवन गर्ने, समाजमा अशान्ति फैलाउने, टोले गुण्डाको रुपमा समाजमा धम्की दिने, गण्डागर्दी गर्ने व्यक्तिहरुलाई नियन्त्रण गर्ने उद्देश्यले बुधबार गते साँझ ९ बजेदेखि आज बिहान […]
श्रम संस्कृति पार्टीले संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समावेशी राज्य प्रणालीको व्यवस्था गर्न सुझाव दिएको छ। ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ लाई पार्टीले आज लिखित रूपमा आफ्ना धारणा प्रस्तुत गरेको हो। पार्टी अध्यक्ष हर्क साम्पाङद्वारा सार्वजनिक गरिएको सुझावपत्रमा कुल ९ बुँदा समेटिएका छन्। पार्टीले जनताद्वारा प्रत्यक्ष रूपमा चुनिने कार्यकारी राष्ट्रपतिको व्यवस्था […]
प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाह संयोजकत्वको ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने बैठकमा राजनीतिक दलका लिखित धारणा समेतका आधारमा पहिचान भएका संविधान संशोधनका मुद्दाहरु र कार्यदलको आगामी कामकारवाहीका प्रस्तावित कार्ययोजनाबारे छलफल हुने बताइएको छ […]
गुल्मीको सदरमुकाम तम्घासमा फोहोर व्यवस्थापनमा नयाँ अभ्यास सुरु गरिएको छ। नगर विकास तथा वातावरण सरसफाइ समितिले सङ्कलन गरेको नकुहिने फोहोर पाल्पास्थित नेप्लिज वेष्ट बैंकलाई बिक्री गर्न थालेपछि स्थानीय स्तरमा सकारात्मक प्रभाव देखिन थालेको हो। सम्झौताअनुसार विभिन्न प्रकारका फोहोर निश्चित मूल्यमा बिक्री भइरहेको छ। प्लास्टिकका बोतल प्रतिकेजी १० रुपैयाँ, रेडबुलका बोतल ८० रुपैयाँ, एचडिपी प्लास्टिक ८ […]