'तम्घासमा फोहोर व्यवस्थापनमा सुधारस् नकुहिने फोहोर बिक्रीबाट आम्दानी र वातावरण सफा'

४ घण्टा अगाडि

गुल्मीको सदरमुकाम तम्घासमा फोहोर व्यवस्थापनमा नयाँ अभ्यास सुरु गरिएको छ।

नगर विकास तथा वातावरण सरसफाइ समितिले सङ्कलन गरेको नकुहिने फोहोर पाल्पास्थित नेप्लिज वेष्ट बैंकलाई बिक्री गर्न थालेपछि स्थानीय स्तरमा सकारात्मक प्रभाव देखिन थालेको हो।

सम्झौताअनुसार विभिन्न प्रकारका फोहोर निश्चित मूल्यमा बिक्री भइरहेको छ। प्लास्टिकका बोतल प्रतिकेजी १० रुपैयाँ, रेडबुलका बोतल ८० रुपैयाँ, एचडिपी प्लास्टिक ८ रुपैयाँ, पानीका बोतल १० रुपैयाँ, फलाम १५ रुपैयाँ, सिसा १ रुपैयाँ र टिन ५ रुपैयाँ प्रतिकेजीका दरले बिक्री हुँदै आएको छ।

नगर विकास तथा वातावरण संरक्षण संस्थाले रेसुङ्गा नगरपालिकाका वडा नम्बर १, २, ७, ८, ९ र ४ को केही भागका १ हजार ७ सय ६५ घरधुरीबाट फोहोर सङ्कलन गर्दै आएको छ। समितिले दुईवटा ट्याक्टर, दुई चालक र दुई सहचालकमार्फत शनिबारबाहेक साताको छ दिन बजार क्षेत्रबाट फोहोर उठाउने गरेको छ।

दैनिक करिब दुई टन भान्साको कुहिने र नकुहिने फोहोर सङ्कलन हुने गरेको छ। फोहोर छुट्याउने कामका लागि वेष्ट बैंकले तीन जना मजदुरसमेत राखेको छ, जसलाई फोहोरको मात्राअनुसार भुक्तानी गरिन्छ। समितिका अध्यक्ष रामप्रसाद पन्थीका अनुसार एक महिनामा चार ट्रक फोहोर बिक्री गरेर करिब २० हजार रुपैयाँ आम्दानी भएको छ।

यस पहलपछि पहिले ओख्रेनी क्षेत्रमा फोहोर जलाउँदा फैलिने दुर्गन्ध हट्न थालेको छ। पहिले ओख्रेनी, उदिनढुङ्गा जिप पार्क, बेदुखर्कलगायतका गाउँहरूमा दुर्गन्ध फैलिने समस्या थियो। अहिले वातावरण सफा बन्दै गएको स्थानीयवासीले बताएका छन्।

फोहोरलाई व्यवस्थापन गरेर आम्दानी गर्ने यो अभ्यासले वातावरण संरक्षणसँगै स्थानीय बासिन्दाको जीवनस्तरमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

ओरालो लाग्दै सेयर बजार, नेप्से २८ सयमुनि

भैरहवा–पोखरा विमानस्थल सुनसान, वैदेशिक व्यापारमा शून्य योगदान

मोटरसाइकलको ठक्करबाट ५ वर्षकी बालिकाको मृत्यु

भारतीय तीर्थयात्री सवार जिप दुर्घटना हुँदा एक बालकको मृत्यु, २१ जना घाइते

नेपालका लागि जापानी राजदूतसँग कानुमन्त्रीको भेटवार्ता

रास्वपा सभापति रवि लामिछाने मुद्दा स् बिहीबारको सुनुवाइ स्थगित

चैतमा विपद्का घटनामा परी देशका विभिन्न भागमा ३० जनाको मृत्यु

काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अन्यत्र नसार्ने