कोशी प्रदेश

प्रदेशको नामकरण प्रक्रिया चाँडै सुरु हुने

विराटनगर। प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण प्रक्रिया साउनको १५ गतेबाट सुरु हुने सम्भावना रहेको बताउनुभएको छ । साउन ८ गतेबाट प्रदेश सभा बैठक सुरु भई त्यसको एक हप्तापछि नामकरणको प्रक्रिया सुरु हुने सम्भावना आफूले देखेको उहाँले उल्लेख गर्नुभएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज आयोजित सुरक्षा प्रमुखहरूको बैठकलाई सम्बोधन गर्ने […]

प्रदेश नं. १ सरकार मन्त्रिपरिषद् बैठक सम्पन्न

विराटनगर। प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले ६ वटा विषयमा निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले कृषि मन्त्रालयसँग सम्बन्धित तीन, आन्तरिक मामिला तथा कानून मन्त्रालय, यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय र सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालयसँग सम्बन्धित एक÷एक गरी जम्मा ६ वटा निर्णय गरेको हो । आन्तरिक मामिला तथा […]

वित्तीय अनुशासन कायम गर्दै बजेट ल्याएका छौं : मुख्यमन्त्री राई

विराटनगर।  प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारले वित्तीय अनुशासन कायम गर्दै यथार्थपरक बजेट बनाएको स्पष्ट पार्नुभएको छ । मुख्यमन्त्री राईले आज प्रदेश सभाको दशौं तथा बजेट अधिवेशनको अठारौं बैठकलाई सम्बोधन गर्नुहुँदै यथार्थपरक बजेट बनाएकाले आगामी बजेट खर्च कुनै समस्या नहुने प्रष्ट पार्नुभएको छ । उहाँले पुरानो दायित्वले डो¥याएअनुसारको बजेट बनाउनुपर्दा सोचेअनुरुपको कार्यक्रम ल्याउन […]

एमालेलाई हराएर काँग्रेसलाई ठूलो पार्टी बनाउन माओवादी बाध्य छैन आर्थिक मामिला तथा योजनामन्त्री आङ्बो

  माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले स्थानीय निर्वाचनमा काँग्रेसलाई जिताएर एमालेलाई हराउन माओवादी बाध्य नभएको बताएका छन् । सङ्खुवासभा जिल्लाबाट काँग्रेस र माओवादीले औपचारिक रूपमा गठबन्धन नरहेको घोषणा गरेसँगै नेता आङ्बोले सामाजिक सञ्जालमार्फत आफूहरूको सिद्धान्त काँग्रेसलाई जिताउनै पर्छ भन्ने नरहेको बताएका हुन् । ‘एउटालाई हराएर अर्कालाई […]

आज राजवंशी समुदायले मनाए शिरुवा पर्व

काठमाडौं । आज राजवंशी समुदायले काठमाडौंमा  काद शिरुवा पर्व मनाएका छन् । उनीहरुले काठमाडौंको खुल्ला मञ्‍चमा विशेष कार्यक्रमको आयोजना गरी काद शिरुवा मनाएका हुन् । कार्यक्रममा उनीहरुले एक अर्कालाई हिलो लगाइदिएका थिए । तराईका झापा, मोरङ, सुनसरी, जिल्लामा शिरुवा पर्व धुमधामका साथ मनाइन्छ । तराईमा बस्ने आदिवासी राजवंशी, थारु, मेचे, उराव, किसान, धिमाल, ताजपुरिया, गनगाई […]

प्रदेश १ योजना आयोगको उपाध्यक्षमा डा. लोक्सोम,खेलकुद बोर्डबाट पर्शुराम बर्खास्त

विराटनगर। प्रदेश १ सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. पूर्ण लोक्सोमलाई नियुक्त गरेको छ । यसैगरी प्रदेश १ खेलकुद बोर्डको सदस्य सचिव पर्शुराम बस्नेतलाई बर्खास्त पनि गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यी निर्णयहरु गरेको हो । पाँचथरका डा.  लोक्सोम माओवादी केन्द्रको कोटाबाट योजना आयोगको उपाध्यक्ष बनेका हुन्  । बैठकले यातायात व्यवस्था तथा सञ्चार […]

यी हुन प्रदेश नं.१ मन्त्री परिषद बैठकका चार निर्णय

विराटनगर। प्रदेश नंं.१ को मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ ।आज मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले विभिन्न चार वटा विषयमा निर्णयहरू गरेको स्वास्थ्य मन्त्री जयराम यादवले जानकारी दिनुभएको छ । उहाँका अनुसार, बैठकले प्रदेश मन्त्रालय र यसअन्तर्गतका निकायहरूको संगठन संरचना एवं दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले वडाको संख्या र सिमाना हेरफेरसम्बन्धी […]