'प्रदेश नं. १ सरकार मन्त्रिपरिषद् बैठक सम्पन्न'

४ वर्ष अगाडि

विराटनगर। प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले ६ वटा विषयमा निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले कृषि मन्त्रालयसँग सम्बन्धित तीन, आन्तरिक मामिला तथा कानून मन्त्रालय, यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय र सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालयसँग सम्बन्धित एक÷एक गरी जम्मा ६ वटा निर्णय गरेको हो ।
आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीका अनुसार, बैठकले प्रदेश सभा सचिवालयको सवारी साधनबाट दुर्घटनाका मृतक एवं घाइतेको उपचार खर्च प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले मोरङको कटहरी फलफूल तथा तरकारी थोक बजार संकलन(दोस्रो संशोधन) नियमावली, २०७९ स्वीकृत गरी लेखा अधिकृतस्तर कर्मचारी रहने व्यवस्था गरेको मन्त्री कार्कीले बताउनुभयो । कृषि मन्त्रालयको उक्त प्रस्तावसँगै सोही मन्त्रालयबाट प्रस्तुत भएको शिलबन्दी प्रस्ताव मूल्याङ्कन प्रक्रियामा समावेश नगर्न निर्देशन गर्ने सम्बन्धमा र पुरक संक्षिप्त संगठन संरचना तथा कर्मचारी दरबन्दी विवरण स्वीकृति सम्बन्धमा पनि बैठकले निर्णय गरेको छ । यसैगरी बैठकले यातायात व्यवस्था निर्देशनालयको संगठन संरचना स्वीकृति र अस्पताल भवन निर्माण पूर्व अनुमती सम्बन्धी कार्यविधि, २०७९ को स्वीकृति सम्बन्धमा निर्णय गरेको मन्त्री कार्कीले बताउनुभयो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी