'आज राजवंशी समुदायले मनाए शिरुवा पर्व'

४ वर्ष अगाडि

काठमाडौं । आज राजवंशी समुदायले काठमाडौंमा  काद शिरुवा पर्व मनाएका छन् । उनीहरुले काठमाडौंको खुल्ला मञ्‍चमा विशेष कार्यक्रमको आयोजना गरी काद शिरुवा मनाएका हुन् ।

कार्यक्रममा उनीहरुले एक अर्कालाई हिलो लगाइदिएका थिए । तराईका झापा, मोरङ, सुनसरी, जिल्लामा शिरुवा पर्व धुमधामका साथ मनाइन्छ । तराईमा बस्ने आदिवासी राजवंशी, थारु, मेचे, उराव, किसान, धिमाल, ताजपुरिया, गनगाई र माझी समुदायले शिरुवा पर्व मनाउने गर्छन् ।

नयाँ वर्षसंगै सुरु हुने पर्वका अवसरमा झापाका राजवंशीले काद शिरुवा खेल्छन् । माटोको हिलो बनाएर आपसमा शिरुवा पर्वको शुभकामना आदानप्रदान गर्दै हिलो छ्यापा–छ्याप गरेर ‘काद शिरुवा’ खेल्ने गरिन्छ । माटोबिना जीवन चल्दैन भन्दै राजवंशी जातिले माटोको सम्मान स्वरुप काद शिरुवा खेल्ने गर्छन् ।

राजवंशी समुदायले शिरुवा पर्वलाई प्रमुख चाडका रुपमा मनाउने गर्छन् । राजवंशी समुदायले माटोलाई नै देवताको रुपमा मानेर पुज्‍ने भएकाले उनीहरु आफूलाई प्रकृति पूजक मानेर वैशाख १ गते हिलो खेलेर रमाउने गर्छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत