'एमालेलाई हराएर काँग्रेसलाई ठूलो पार्टी बनाउन माओवादी बाध्य छैन आर्थिक मामिला तथा योजनामन्त्री आङ्बो'

४ वर्ष अगाडि

 

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले स्थानीय निर्वाचनमा काँग्रेसलाई जिताएर एमालेलाई हराउन माओवादी बाध्य नभएको बताएका छन् । सङ्खुवासभा जिल्लाबाट काँग्रेस र माओवादीले औपचारिक रूपमा गठबन्धन नरहेको घोषणा गरेसँगै नेता आङ्बोले सामाजिक सञ्जालमार्फत आफूहरूको सिद्धान्त काँग्रेसलाई जिताउनै पर्छ भन्ने नरहेको बताएका हुन् ।

‘एउटालाई हराएर अर्कालाई जिताउने ठेक्का माओवादीको होइन, लोकतन्त्र, व्यवस्था र संविधान रक्षार्थ जिम्मेवारपूर्ण सहकार्यको अपेक्षा मात्र हो, सहमतिको नाममा विलम्ब घातक मात्र हुन्छ, अब मैत्रीपूर्ण प्रतिस्पर्धाको लागि अविलम्ब अगाडि बढौँ,’ आङ्बोले भनेका छन्, ‘शीर्ष नेताहरूलाई आग्रह छ आवश्यकता र औचित्यको आधारमा स्थानीय स्तरमा नै तालमेलको अधिकार स्वैच्छिक र खुल्ला गरिदिऊँ ।’

गठबन्धनको बैठकमा होस् वा अनौपचारिक छलफलमा या सार्वजनिक सभाहरूमा काँग्रेसले माओवादीको धेरै अपमान गरिरहेको महसुस गरेर आफूले यसखालको टिप्पणी गरेको उनको भनाइ छ । ‘सबैभन्दा धेरै गठबन्धन काँग्रेसलाई नै चाहिएको छ र भए जति सबै सिट पनि काँग्रेसलाई नै चाहिने भएको छ । यो तादम्यता नै मिलेन नि,’ उनले भने, ‘यो एउटा चुनौतीपूर्ण देखिन्छ । अर्को काँग्रेसभित्रको गुट व्यवस्थापन पनि चुनौतीपूर्ण देखिन्छ । एमालेलाई हराउने ठेक्का माओवादीको जिम्मा होइन । एमालेलाई हराएर काँग्रेसलाई ठूलो पार्टी किन बनाउनु पर्‍यो रु संविधान मिचियो, गणतन्त्र खतरामा पर्‍यो, व्यवस्थामा संकट आयो भनेर पो गठबन्धन गरेको त ।’

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो