'गठवन्धनमा विमति भित्र सहमतीको खोजी भइरहेको छ : नेता नेपाल'

४ वर्ष अगाडि

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विमति भित्र सहमतीको खोजी भइरहेको वताउनु भएको छ । नेकपा(एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोक नगरमा काभ्रेका नेपाली कांग्रेसका नेता राम तामाङको नेतृत्वमा ५० जना वढी नवप्रवेशीहरुलाई स्वागत गर्दै अध्यक्ष नेपालले बर्तमान सत्ता गठवन्धन बाम लोकतान्त्रिक गठवन्धन भएकोले कतिपय वैचारीक विमतिका बावजुत सहमतिको खोजी हुनेगरेको वताउनु भयो ।
पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेता नेपालले देश अब चुनावमा होमिएकोले सवै कार्यकर्ताहरुलाई चुनावको तयारी सहित पार्टी र संगठन निर्माणका काममा लाग्न निर्देशन समेत गर्नुभयो ।
नेता नेपालले भूत्ते भएको एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गर्नेहरुको लहर चलेको भन्दै पार्टीसंग नेपाली नागरिकहरुले धेरै ठूलो अपेक्षा गरेको भन्दै वर्तमान वामपन्थि लोकतान्त्रीक शक्तिसंग स्थानिय मात्र होईन प्रदेश र संघको निर्वाचन सम्मै मिलेर जाने भन्दै यो गठवन्धन संविधानको रक्षा ,संघियता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीताको पक्षको भएको भन्दै दक्षिणपन्थिको विरुध्द एकजुट भएर जाने विचार व्यक्त गर्नुभयो ।
नेता नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धन कायमै राख्ने कुरामा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा सकारात्मक रहेको बताउनु भएको छ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले लोकतान्त्रिक मान्यता बोकेको कांग्रेस भित्र केही मत भिन्नता भएपछि मुल नेतृत्व गठबन्धनसँग सकारात्मक रहेको बताउनु भएको छ ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका ५० जनालाई नेता नेपालले खादा र अबिर लगाएर स्वागत गर्नुभएको थियो । अध्यक्ष नेपालले नवप्रवेशीहरुलाई बधाई दिँदै जनताको विश्वास जितेर र समर्थन प्राप्त गर्ने कार्यमा लाग्न आग्रह गर्नुभयो ।
पार्टीको केन्द्रीय कार्यालयमा प्रवेश गर्नेहरुलाई स्वागत गर्दै अध्यक्ष तथा पूर्व प्रधानमन्त्री नेपालले क्रान्तिकारी बाटोवाट विचलित भएको एमाले परित्याग गरी हाम्रो पार्टीमा प्रवेश गर्नेहरुको लहर चलेको बताउनु भयो । नेता नेपालले नवप्रवेशीहरुलाई उचित जिम्मेवारी दिइने भन्दै आज सबैतिर एमाले परित्याग गर्ने र एकीकृत समाजवादी प्रवेश गर्नेको लहर चलिरहेको बताउनु भयो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

घर भत्किएपछि हराएका व्यक्ति दिउँसो मृत अवस्थामा फेला

रोल्पा जिप दुर्घटना: २० जनाको सनाखत, शव परिवारलाई बुझाइँदै

सुकुमवासी हटाइएपछि पाँच स्थानमा अस्थायी बसोबासको व्यवस्था

दीपेन्द्रको शतकीय पारीसंगै नेपालद्वारा यूएईलाई २९० रनको लक्ष्य

अध्यादेशबारे राष्ट्रपति पौडेलको कानुनविद्हरूसँग छलफल, शीतलनिवासमा परामर्श जारी

तेस्रो दिन पनि नेप्से ओरालो, ५.७३ अंक घटेर २७३८ मा सीमित

रोल्पामा जिप दुर्घटना १५ जना गम्भीर घाइते

काठमाडौं प्रशासनको निर्देशनपछि बल्खु र वंशीघाटका सुकुमवासी बस्ती खाली गर्न सुरु