'स्थानीय तह चुनावको मिती चाँडै तोक्न निर्वाचन आयोगको आग्रह'

४ वर्ष अगाडि

काठमाण्डौ । निर्वाचन आयोगले स्थानीय तहको चुनावको मिति चाँडै तोक्न सरकारसँग आग्रह गरेको छ । आयोगले आज मङ्गलवार एक विज्ञप्ति निकालेर आउँदो जेठ ५ गतेदेखि स्थानीय तहका पदाधिकारीको कार्याकाल सकिने भएकाले चाँडै नयाँ मिति तोक्न आग्रह गरेको हो ।

स्थानीय तहको चुनाव २०७४ सालको वैशाख ३१ गते पहिलो चरण, असार १४ गते दोस्रो चरण र असोज २ गते तेस्रो चरणमा सम्पन्न भएकोमा पहिलो चरण २०७४ वैशाख ३१ गतेलाई आधार मानी स्थानीय तह निर्वाचन ऐन २०७३ को व्यवस्था बमोजिम स्थानीय तहका सबै निर्वाचित पदाधिकारीको कार्यकाल आउँदो २०७९ जेठ ५ मा सकिने आयोगले जनाएको छ ।

यो विषयमा गएको कात्तिक ८ गते नै आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर जानकारी गराएको तथा पुस ९ गते फेरि भेटेर स्थानीय तहका निर्वाचित पदाधिकारीको पदावधि सम्बन्धी व्यवस्थाको बारेमा जानकारी गराइ २०७९ वैशाख १४ गते बुधवारका दिन एकै चरणमा स्थानीय तहको चुनाव गर्ने गरी मिति तोक्न प्रस्ताव गरिएको आयोगले स्मरण गराएको छ । स्थानीय तहको चुनाव व्यवस्थापनका लागि कानुनतः आयोगलाई सामान्यतया एक सय २० दिन आवश्यक पर्ने भएकाले स्थानीय तहको चुनाव लक्षित गरी मतदाता नामावली सङ्कलन, मतदानस्थलको पुनरावलोकन र निर्धारण तथा चुनाव सम्पन्न गर्न आवश्यक अन्य पूर्वतयारीका काम निरन्तर गरिरहेको हुँदा आयोगले प्रस्ताव गरेअनुसार मिति तोकिएमा २०७९ वैशाख मसान्तभित्रै स्थानीय तहको चुनाव सम्पन्न गर्न तयारी अवस्थामा रहेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

“सगरमाथामा बाटो बनाउँदै गर्दा आइसफल डाक्टरले भेटे बेवारिसे शव, सनाखत बाँकी”

पहिरोले देशभरका मुख्य राजमार्ग ठप्प

पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु

घर भत्किएपछि हराएका व्यक्ति दिउँसो मृत अवस्थामा फेला

रोल्पा जिप दुर्घटना: २० जनाको सनाखत, शव परिवारलाई बुझाइँदै

सुकुमवासी हटाइएपछि पाँच स्थानमा अस्थायी बसोबासको व्यवस्था

दीपेन्द्रको शतकीय पारीसंगै नेपालद्वारा यूएईलाई २९० रनको लक्ष्य

अध्यादेशबारे राष्ट्रपति पौडेलको कानुनविद्हरूसँग छलफल, शीतलनिवासमा परामर्श जारी