'कार्यकर्ताको रोजाइँमा मधुर'

४ वर्ष अगाडि

प्युठान। नेकपा एमाले प्युठानको आगामी नेतृत्वका लागि ४ जना आकांक्षी देखिएका छन् । अध्यक्षका लागि बर्तमान उपसचिब मधुर शर्मा, जिल्ला सचिबालय सदस्य नेहरसिंह केसि, प्रदेश सदस्य अजय सिंह र बिजयबिराज बिस्टले आ(आफ्नो लविङ सुरु गरेका छन् ।
स्थानीय नेताहरुका अनुसार चुनावी चर्चामा धेरै आए पनि अहिले नेतृत्वको बलियो दाबेदार भने उपसचिव मधुर शर्मा नै रहेको एमाले नेता, कार्यकर्ताहरु सुनाउँछन् । हालका पदाधिकारीहरु मध्ये बर्तमान अध्यक्ष, उपाध्यक्ष र सचिबले अध्यक्षमा दाबी नगर्ने निश्चित भएपछि यसपटकको नेतृत्व शर्मालाई दिनुपर्ने एमाले कार्यकर्ताहरुको मत छ ।
आफ्नो व्यक्तिगत स्वार्थ र अवसर भन्दा पार्टी र जनताको हितलाई प्राथमिकता दिने भएकाले पनि नेतृत्वमा नेता शर्माको बिकल्प नरहेको उनी निकट कार्यकर्ता बताउँछन । आम पार्टी कार्यकर्ताको चाहना अध्यक्षमा उठ्नु भन्ने रहेकाले अगाडि बढेकोे उनको भनाइ छ ।
जनताका समस्यालाई आफ्नै समस्याजस्तै मानेर सुल्झाउने नेताहरुको अग्रपङ्तिमा शर्माको नाम लिने गरिन्छ । युवा नेता शर्माले दल भित्र र बाहिरका सबै नेता कार्यकर्तासँग सुमधुर सम्बन्ध स्थापित गरेका कारणले पनि उनी सबैमाझ प्रिय छन् । मनमा लागेको कुरा स्पष्टसँग भन्ने र सानाठूलासँग छिट्टै घुलमिल हुनसक्ने उनमा स्वभाव छ । यही स्वाभावले पनि उनी आफ्नो र बाहिरी दलका नेता, कार्यकर्ताहरुसँग छिट्टै घुलमिल हुन्छन् ।
वौद्धिकता र अध्ययनशिल व्यक्तित्व, जिम्मेवारी प्रतिको लगनशिलता, विकास प्रतिको चासो, चिन्ता ,सहज र सरल स्वभावका कारण कार्यकर्ता माझ धेरै नै लोकप्रिय नेताका रूपमा नेता शर्मा चिनिन्छन । उनले युवा संघ नेपालको तेस्रो राष्ट्रि सम्मेलनबाट केन्द्रिय सदस्य भएर काम गरेका थिए ।
पार्टी गाउँ, जिल्ला र प्रदेशहुँदै केन्द्रिय तहसम्म सम्वन्ध स्थापित गर्नसक्ने बोलियो संयत्र रहेको शर्मासँग देखिन्छ । गाउँका समस्या सिँधै केन्द्रमा राखेर ध्यानाकर्षण गराई जनताका समस्या समाधान गर्नतर्फ उनमा दरिलो खुबी देखिन्छ । उनको यही क्षमता र दक्षताका कारण अवको नेतृत्व शर्मालाई नै दिनुपर्ने एमाले नेता, कार्यकर्ताहरुको जोड देखिन्छ । पुस २३ गते हुन लागेको अधिवेशनमा जिल्लाभरबाट ५ सय ५० प्रतिनिधि सहभागी हुने एमाले प्युठानले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

जेनजी आन्दोलनमा जलेका सवारीका नाममा इन्धन दुरुपयोग नभएको स्वास्थ्य मन्त्रालयको निष्कर्ष

मुख्यमन्त्री इन्द्र बानियाँको घर–कार्यालयमा छापा, सम्पत्ति शुद्धीकरण अनुसन्धान सुरु

मन्त्रिपरिषद्का ४ मुख्य निर्णय सार्वजनिक

बाजुरामा चट्याङ लागेर ढुङ्गा खस्दा एक जनाको मृत्यु

इँटा भट्टामा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु

“सगरमाथामा बाटो बनाउँदै गर्दा आइसफल डाक्टरले भेटे बेवारिसे शव, सनाखत बाँकी”

पहिरोले देशभरका मुख्य राजमार्ग ठप्प

पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु