'श्री खड्ग मा.वि मा बालविवाह विरुद्धको जनचेतनामूलक  सडक नाटक'

४ वर्ष अगाडि

देवदह // रुपन्देहीको देवदह नगरपालिका वडा नं १ स्थिति श्री खड्ग मा.वि मा  बालविवाह विरुद्ध सडक नाटक प्रर्दशन गरिएको छ। श्री खड्ग मा.वि मा का बालक्लब समुहका बालबालिकाहरुद्वारा नाटक प्रर्दशन गरिएको हो ।

सोइया महिला स्वावलम्बी संस्थाको आयोजना तथा बालक्लब समुहको र खड्ग मा.वि मा सहकार्यमा सडक नाटक संचालन गरिएको सोइया महिला स्वावलम्बी संस्थाको कर्मचारी एलिना हमालले जानकारी दिनुभएको थियो ।

प्रदर्शन गरिएको नाटकको माध्यमले बालविवाह अपराध हो , बच्चामै विवाह गरिदिनाले आमा र बच्चा दुबैको ज्यान खतरा हुने, बालबालिकाको जिवन अन्धकार मात्र नभई भविष्य नै समाप्त हुने , विवाह गर्ने गराउने सबैले कानुनी सजाय भोग्नुपर्ने र  शिक्षा पुरा नहुने हुदा आत्मनिर्भर नभई विभिन्न समस्याको भागीदार हुनुपर्ने लगायतका अभिभावकहरुलाई जनचेतनामुलक सन्देश दिएको थियो ।

उक्त जनचेतनामुलक सडक नाटकमा श्री खड्ग मा.वि मा प्रधानाध्यापक बृज मोहन मिश्र, प्राध्यापक बाबू बस्नेत, सोइया महिला स्वावलम्बी संस्थाको उपाध्यक्ष अप्सरा रोका , सोइया महिला स्वावलम्बी संस्थाको संचालक समिती सदस्य नरमाया आले , नगर बाल सञ्जालको उपाध्यक्ष श्याम मौर्य , उज्यालो लाल्टिन प्रतिष्ठानको सदस्य कबिता न्यौपाने , अस्मिता बलाल, उज्यालो लाल्टिन प्रतिष्ठानको सदस्य तथा नेपाल बाल संगठन रुपन्देही जिल्ला कार्यसमिति सदस्य सुरज भट्टराई , विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक शिक्षिका ,विद्यार्थीहरु लगाएतको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन सोइया महिला स्वावलम्बी संस्थाको कर्मचारी रति पराजुलीको संचालनमा भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत

बाल गृह सञ्चालन गर्ने बाल संगठन रूपन्देहीको तयारी, सरोकारवालासँग अन्तरक्रिया